दोस्रो पटक कवरवर्तिले चुम्यो राष्ट्रपति रनिङसिल्डको उपाधी

प्रकाशित मिति:

तिलोत्तमा, मंसिर २३ । तिलोत्तमा नगर स्तरी तेस्रो राष्ट्रपति रनिङसिल्डको उपाधी कुवरवर्ति इङलिस बोडिङ स्कुल प्रदिपनगरले चुमेको छ । गतवर्ष समेत रनिङसिल्ड जित्न सफल भएको कुवरवर्तिले ९ स्वर्ण सहित यस वर्षको राष्ट्रपति रनिङसिल्ड जितेको हो । विहिवार भएको फाइनल खेलमा शान्ति नमूना मावि मणिग्राम भने ८ स्वर्ण सहित दोस्रो हुन सफल भएको छ । त्यस्तै सेन्जोसेप मावि. ४ स्वर्ण सहित तृतीय भएको छ ।

यसैविच विहिवार प्रतियोगिताको समापन समेत गरिएको छ । नगरखेलकुद विकास समिति अध्यक्ष राजेन्द्र गुरुङलको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वर देवि चौधरीले खेलको माध्यमबाट अन्तरनिहित प्रतिभा प्रस्फूटन गर्न सकिने हुँदा नगरपालिकाले अतिरिक्त क्रियाकलापलाई समेत जोड दिँदै आएको बताइन । उनले खेलको विकासका लागि नगरपालिकाले योजनावद्ध तरिकाले काम गरिरहेको स्मरण गर्दै तिलोत्तमा नगरलाई खेलकुदको हव बनाउनु पर्नेमा जोड दिइन ।

समिति सदस्य दिपक खनालको संचालनमा भएको समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रवत्ता सुरेन्द्र श्री, तिलोत्तमा नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष दिवाकर ढकाल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यलगाएतले बोल्दै खेलको विकासका लागि नगरपालिकाले समन्वयकारी भूमिकामा काम गरिरहेको बताएका थिए ।

मंगलवार देखि सुरु भएको खेलमा अन्तरगत बुधवार एथ्लेटिक्स तर्फका खेलहरु सपन्न भएका थिए भने विहिवार फाइनल खेलहरु भएका थिए । तिलोत्तमा नगर भित्रका सामुदायिक र संस्थागत गरी ३४ विद्यालय सहभागीे छन् । खेल अवधिको विचविचमा विभिन्न विद्यालयहरुले सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए । सर्वेत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरु जिल्लाका लागि छनोट हुने छन् । खेल मंगलवार दिउसो २ बजेबाट समापन गरिने जनाकारी दिए । खेल संचालनका लागि झण्डै ११ लाख खर्चको अनुमान गरिएको छ ।