कसिलाे बलिङ गरेका सन्दिप विकेटबिहिन, दुई क्याच ड्रप

प्रकाशित मिति:

बिग ब्यास लिगको दोस्रो खेलमा नेपाली खेलाडी सन्दिप लामिछानेले किफायती बलिङ गरेका छन । उनले चार ओभरमा मात्र २४ रन खर्चिएका छन । तर विकेट भने लिन सकेनन् ।सिड्नीविरुद्धको खेलमा आफ्नो पहिलो ओभरमा उनले आठ रन खर्चिए । टिमको छैटौं ओभर लिएर आएका उनले पहिलो बल डट फालेका थिए । दोस्रो बलमा एक रन दिएका उनले तेस्रो बलमा पनि एक रन खर्चिए । त्यसपछि बाँकी तीन बलमा दुई दुई रन खर्चिए ।

त्यसपछि दोस्रो ओभरमा उनले मात्र पाँच रन दिए । टिमको १० औं ओभर लिएर आएका सन्दिपको पहिलो बलमा क्याच ड्रप भएको थियो । डिप मिडविकेटमा फिलिपको क्याच मिस भएको थियो । सो बलमा उनले एक रन खर्चिए । दोस्रो बल डट फालेका उनले बाँकी चार बलमा एक एक रन दिए ।तेस्रो ओभरमा झन कसिलो बलिङ गरेका उनले चार रन खर्चिए । पहिलो बल डट फालेका उनले दोस्रो बलमा दुई रन दिए । तेस्रो बलमा एक रन दिएका सन्दिपले चौथो बल डट फालेका थिए भने पाँचौं बलमा लेगबाईमा एक रन दिए । ओभरको अन्तिम बल डट फाले । सो बलमा वाडेले स्टम्पिङ मिस गरेका थिए ।

सन्दिपले अन्तिम ओभरमा ९ रन दिए । जसमा उनले पहिलो बलमा लेगबाई एक रन दिएका थिए भने दोस्रो बलमा पनि एक रन खर्चिए । तेस्रो बलमा दुई रन दिएका उनले चौथो बलमा एक खर्चिए । पाँचौं बल डट फालेका सन्दिपले ओभरको अन्तिम बलमा चौका खाए ।