लायन्स क्लब फुलवारीले बाड्यो न्यानो कपडा

प्रकाशित मिति:

बुटवल, २८ मंसिर । लायन्स क्लब अफ बुटवल फुलबारीले पाल्पाको मरेकस्थित सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका २६ जना विद्यार्थीहरुलाई ३० थान न्यानो कपडा वितरण गरेको छ ।क्लबले उक्त विद्यालयका प्राचार्य लक्ष्मण पाण्डे र अध्यक्ष धु्रव बहादुर चिडी मगरलाई ३० थान टिफीन बक्स, ५ थान क्लास ह्वाइट बोर्ड, २ सेट व्याडमिन्टन, १ थान फुटवल, १२ पिस बोर्ड मार्कर, १ डब्बा मसी र ५ थान डष्टरलगायतका स्टेशनरी सामग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रममा को–चिफ डिष्ट्रिक्ट एडभाइजर द्वारिकाप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा क्लबका अध्यक्ष बैकुण्ठकुमार श्रेष्ठको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै अतिथि श्रेष्ठले शहर केन्द्रित भन्दा पनि गाउँमा अध्ययनरत विद्यार्थी र विद्यालयलाई प्राथमिकतामा राखेर क्लबले गरेको सहयोगप्रति प्रसंशा गरेका थिए ।त्यस्तैगरी विद्यालयका प्राचार्य लक्ष्मण पाण्डे र अध्यक्ष धु्रव बहादुर चिडी मगरले बोल्दै आफ्नो विद्यालयलाई क्लबले गरेको सहयोग अत्यन्तै प्रसंशनीय रहेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।कार्यक्रममा अध्यक्ष बैकुण्ठ कुमार श्रेष्ठले लायन्स क्लबहरु सामाजिक सेवामा रहेर शहरमा भन्दा पनि गाउँ केन्द्रित सहयोगमा जुट्नु पर्ने बेला भएको बताए । उनले यो सहयोग आवश्यक परे अरुबेला पनि गर्न सकिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर ज्ञानेन्द्र सिमाङ्गैडा, जोन चियर पर्शन विनेशमान बज्राचार्यलगायतले मन्तव्य राखेका थिए । क्लबका सह–सचिव गोविन्द रिजाल, कोषाध्यक्ष हरेन्द् पटवा, पि.आर.ओ. मनोज सैजू, क्लबका डाइरेक्टर तिलक ध्वजूलगायतको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रम क्लवका सदस्य गणेश प्रधानको संयोजकत्वमा कार्यक्रम सञ्चालन क्लबका सचिव अयोध्या थैवले गरेका थिए ।