नेपाली कांग्रेसको सभापतिमा विजयी प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बधाई तथा शुभकामना दिएका छन् ।
बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष नेपालले बधाई दिएका हुन् ।
अध्यक्ष नेपालले ट्विटरमा लेखेका छन्, ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’
दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
— Madhav Kumar Nepal (@ncp_madhavnepal) December 15, 2021











