बिहीवार माैसम : तीन प्रदेशमा सामान्य बदली रही उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपात हुने

प्रकाशित मिति:

काठमाडौं । बिहीवार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश र बाँकी पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रही हल्का हिमपात हुने महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका अधिकांश भाग चिसो बढ्ने क्रम जारी रहेकाले सामान्य सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध पनि गरेको छ ।