स्थानीय तहमा मजबुद रुपमा स्थापित हुन सफल भयौं ः प्याब्सन , अध्यक्षमा शर्मा निर्वाचित

प्रकाशित मिति:

बुटवल ,२ पौष । निजी तथा आवाशिय विद्यालय अर्गनाईजेशन प्याब्सन रुपन्देहीले स्थानीय तहमा मजबुद रुपमा स्थापित हुन सफल भएको दाबी गरेको छ । संघीय संरचना अनुसार स्थानीय तहमा स्थापित हुँदै प्याब्सन मजबुद बनेको बताएको छ । प्याब्सन रुपन्देहीको १२ औं साधारण सभा तथा १५ औं अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षा क्षेत्रमा संस्थागत विद्यालयको महत्वपूर्ण भूमिका खेलेको बताएका छन । प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले संस्थागत विद्यालय स्थानीय तहमा औपचारिक रुपमा स्थापित हुँदै मजबुद बन्दै गएको बताए । उनले सरकारले शिक्षा क्षेत्रमा गर्ने अनुचित निर्णयलाई फिर्ता लिन बाध्य बनाउन प्याब्सन सफल हुनु नै प्याब्सनको शक्ति भएको दाबी गरे ।

प्याब्सनका प्राज्ञिक सल्लाहकार लोकनाथ उपाध्यायले संस्थागत विद्यालय आफ्नो खुट्टामा आफै उभिन सक्षम रहेको दाबी गरे । उनले संघर्ष र मेहनबाट नै सफल हुन सकिने बताउँदै उत्कृष्ट र गुणस्तरिय शिक्षा विद्यार्थीलाई दिनु पर्नेमा जोड दिए । अबको शिक्षा नीति , पद्धतीको सुधार हुन आवश्यकता रहेको उपाध्यायले बताउँदै शिक्षण पद्धतीमा आईटीको प्रयोग हुन जरुरी रहेको बताए । प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले सरकारले निजी शिक्षा मैत्री शिक्षा ऐन आउन थालेको तर ढिलाई भएको गुनाशो पोखे । उनले प्याब्सनको पहलमा नीजि विद्यालयलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको दाबी गरे । राष्ट्रि परिक्षा बोर्ड प्रदेशका उपसचिब रमाकान्त तिवारीले संस्थागत विद्यालयले कसरी उत्कृष्ट शिक्षा दिन्छ भनेर सामुदायिक विद्यालयले सिक्दै गरेको बताए । यस्तै लुम्बिनी विश्वविद्यालयका उकेशराज उजुले निजी विद्यालयको शिक्षालाई विदेशमा भिषा लाग्ने शिक्षा रुपमा हेरिने दृष्टिकोणलाई परिवर्तन गरिनु पर्ने बताए । प्याब्सन रुपन्देहीले अधिवेशनको अवसरमा लेखक हरि ज्ञवाली , उत्कृष्ट नगरपालिकामा देवदहका बोद्धराज गौडल ,प्रेसिडेन्ड अवार्डमा लक्ष्मण ज्ञवाली, कुशलराज शर्मा , भोजराज पौड्याल ,भरत गिरी लगायतलाई सम्मान गरेको थियो । यस्तै अधिवेशनमा सचिब बाहेक सबै पदमा सर्वसहमतिमा नेतृत्व चयन भएको छ ।

अध्यक्षमा अनन्तराम शर्मा सर्वसहमतीमा निर्वाचित भएका छन । यस्तै वरिष्ठ उपाध्यक्षमा एक नारायण काफ्ले, उपाध्यक्षमा कुलराज शर्मा , लक्षमण ज्ञवाली ,सर्वसहमतिमा निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । यस्तै सचिबमा दिपक खनाल र कपिलमणी ढकालको उम्मेदवारी परेपछि मतदान हुने भएको छ । कोषाध्यक्षमा भोजराज पौड्याल ,सहसचिबमा बोधराल गौडेल, हरी ज्ञवाली , सह कोषाध्यक्षमा कमल प्रसाद पौड्याल सर्वसहमतिमा निर्वाचित भएका छन । यस्तै सदस्यमा चन्द्रिका राई ,प्रतिष्ठा चालिसे , मणिरन्त भण्डारी , महेश पराजुली , शंकर प्रसाद भट्टराई निर्वाचित भएका छन । यस्तै लेखा समितिको संयोजकमा उमापति न्यौंपाने, सदस्यमा नर बहादुर क्षेत्री चयन भएका छन ।