सिरहा । सिरहाको गोलबजार नगरपालिका– ६ मा दुई समूहबीच छुरा हानाहान हुँदा एक युवकको मृत्यु भएको छ ।
छुरा प्रहारबाट गोलबजार नगरपालिका– ६ डोहटियाका २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको हो । घाइते भएका सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका– ९ मा रहेको आरके मेरिसीटी अस्पताल पुर्याए लगत्तै मृत्यु भएको अस्पतालले जनाएको छ । घटनामा एक जना घाइते भएका छन् ।
घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भईरहेको छ ।











