सञ्चारमा शान्ति सिद्धान्त

प्रकाशित मिति:

डा. बालकृष्ण चापागाई- समाज विकासका हरेक आयामहरुमा भाषा, सूचना र विचारको महत्वपूर्ण भूमिका रहन्छ । सञ्चारस“ग दर्शन, राजनीति र समाजशास्त्रको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । दर्शनले जीवन र जगत के हो भन्ने कुराको अध्ययन गर्दछ भने राजनीतिले राज्य सञ्चालन गर्ने लगायत राज्य, सरकार र शक्तिको बारेमा अध्ययन गर्दछ । उल्लिखित सबै पक्षका आधारभूत कुराहरुलाई जनस्तरसम्म र जनताको प्रतिक्रिया राज्यसमक्ष पु¥याउने काम सञ्चारले गरेको हुन्छ । सञ्चार अन्तर्गत अन्तरमुखी सञ्चार, अन्तरवैयक्तिक सञ्चार, समूह सञ्चार र आम सञ्चार पर्दछन् । मानव समाजमा संकेत, शारीरिक हाउभाउ, ढुङ्गा, काठ, ताम्रपत्र , शिलालेख, पत्रलेखन, पुस्तक पत्र–पत्रिका, रेडियो, टेलिभिजन र ईमेल–इन्टरनेट आदि पर्दछन् । यसमा छापा सञ्चार आम सञ्चारमध्ये जेठो हो । अहिले आएर विद्युतीय सञ्चारको तीव्र विकास भएको छ ।

सूचना समाचार र विचारको सम्प्रेषण मानिसले उत्पत्तिकालदेखि आआफ्नै ढङ्गले गर्दै आयो । यसै क्रममा जीवन के हो ? जगत के हो ? भन्ने सवालमा विभिन्न चिन्तनहरु हुन थाले । समाज विकास कै क्रममा दर्शनशास्त्र, राजनीति शास्त्र, समाज शास्त्र, अर्थशास्त्र आदिको विकास पूर्व र पश्चिममा आ—आफ्नै ढङ्गले भयो । जुनसुकै समाजमा पनि सञ्चार मानिसको अभिन्न अङ्गको रुपमा रही आएको छ । मौखिक एवं शारीरिक सञ्चार, लिपि बिनाको भाषिक सञ्चार हु“दै छापा सञ्चारमा विकास भएको हो । इतिहासतिर फर्केर हेर्दा छापाखानाको आविस्कार सन् १५५५ मा जर्मनीबाट भएको पाइन्छ । यसमा दार्शनिक जोहन गुटेनवर्गलाई जान्छ । यस्तै अखबारको जन्म चौधौं शताब्दीमा चीनको ‘पेकिङ गजेट’ नामको अखबारबाट भएको पाइन्छ ।
पाश्चात्य संसारमा प्लेटोको साम्यवादबाट राजनीतिक सिद्धान्तको विकास भएको पाइन्छ भने भाषाको प्रारम्भ तीनलाख वर्ष पहिले भएको अनुमान छ । गुफाबासीहरुले ३५ हजार वर्ष पहिले संकेतले भाव सञ्चार गर्ने गरेको पाइन्छ । फोनेसियाबासीले १७०० वर्ष इसापूर्व देखि २२ अक्षरको वर्णमाला उपयोग गरेको देखिन्छ । त्यसैगरी मिश्रवासीले इसापूर्व ३५०० वर्ष पहिलेबाट भोजपत्रमा लेख्ने काम गरेको पाइन्छ ।

यसरी राजनीतिको विकास हुनुभन्दा धेरै पहिले मानिसले आफ्नो भाव व्यक्त गर्ने संकेत र त्यसपछि अक्षरको विकास गरेको देखिन्छ । पाश्चात्य जगतमा प्लेटोले साम्यवादी सिद्धान्त प्रतिपादन गरेपछि राजनीतिक विचारको विकास हुन थालेको थियो । राजनीतिक विचारलाई, लेखेर, बोलेर एकले अर्कालाई सुनाउने, बुझाउने अभियानस“गै राजनीतिक सञ्चारको विकास भएको मान्न सकिन्छ । संसारमा मानवीय चेतना, मूल्य र मान्यताको क्रमिक विकासस“गै साम्यवाद, पू“जीवाद, समाजवाद, साम्राज्यवादको विकास भएको पाइन्छ । यी राजनीतिक सिद्धान्तका आधारमा राज्य निर्माण हुने र राज्यसत्ताको विकास क्रमस“गै विश्वमा आम सञ्चारका विभिन्न सिद्धान्तहरु प्रतिपादन भएको पाइन्छ ।समाज विकासका हरेक आयामहरुमा भाषा, सूचना र विचारको महत्वपूर्ण भूमिका रहन्छ । सञ्चारस“ग दर्शन, राजनीति र समाजशास्त्रको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । दर्शनले जीवन र जगत के हो भन्ने कुराको अध्ययन गर्दछ भने राजनीतिले राज्य सञ्चालन गर्ने लगायत राज्य, सरकार र शक्तिको बारेमा अध्ययन गर्दछ । उल्लिखित सबै पक्षका आधारभूत कुराहरुलाई जनस्तरसम्म र जनताको प्रतिक्रिया राज्यसमक्ष पु¥याउने काम सञ्चारले गरेको हुन्छ । सञ्चार अन्तर्गत अन्तरमुखी सञ्चार, अन्तरवैयक्तिक सञ्चार, समूह सञ्चार र आम सञ्चार पर्दछन् । मानव समाजमा संकेत, शारीरिक हाउभाउ, ढुङ्गा, काठ, ताम्रपत्र, शिलालेख, पत्रलेखन, पुस्तक पत्र–पत्रिका, रेडियो, टेलिभिजन र ईमेल–इन्टरनेट आदि पर्दछन् । यसमा छापा सञ्चार आम सञ्चारमध्ये जेठो हो । अहिले आएर विद्युतीय सञ्चारको तीव्र विकास भएको छ ।

सूचना समाचार र विचारको सम्प्रेषण मानिसले उत्पत्तिकालदेखि आआफ्नै ढङ्गले गर्दै आयो । यसै क्रममा जीवन के हो ? जगत के हो ? भन्ने सवालमा विभिन्न चिन्तनहरु हुन थाले । समाज विकास कै क्रममा दर्शनशास्त्र, राजनीति शास्त्र, समाज शास्त्र, अर्थशास्त्र आदिको विकास पूर्व र पश्चिममा आ—आफ्नै ढङ्गले भयो । जुनसुकै समाजमा पनि सञ्चार मानिसको अभिन्न अङ्गको रुपमा रही आएको छ । मौखिक एवं शारीरिक सञ्चार, लिपि बिनाको भाषिक सञ्चार हु“दै छापा सञ्चारमा विकास भएको हो । इतिहासतिर फर्केर हेर्दा छापाखानाको आविस्कार सन् १५५५ मा जर्मनीबाट भएको पाइन्छ । यसमा दार्शनिक जोहन गुटेनवर्गलाई जान्छ । यस्तै अखबारको जन्म चौधौं शताब्दीमा चीनको ‘पेकिङ गजेट’ नामको अखबारबाट भएको पाइन्छ ।
पाश्चात्य संसारमा प्लेटोको साम्यवादबाट राजनीतिक सिद्धान्तको विकास भएको पाइन्छ भने भाषाको प्रारम्भ तीनलाख वर्ष पहिले भएको अनुमान छ । गुफाबासीहरुले ३५ हजार वर्ष पहिले संकेतले भाव सञ्चार गर्ने गरेको पाइन्छ । फोनेसियाबासीले १७०० वर्ष इसापूर्व देखि २२ अक्षरको वर्णमाला उपयोग गरेको देखिन्छ । त्यसैगरी मिश्रवासीले इसापूर्व ३५०० वर्ष पहिलेबाट भोजपत्रमा लेख्ने काम गरेको पाइन्छ ।यसरी राजनीतिको विकास हुनुभन्दा धेरै पहिले मानिसले आफ्नो भाव व्यक्त गर्ने संकेत र त्यसपछि अक्षरको विकास गरेको देखिन्छ । पाश्चात्य जगतमा प्लेटोले साम्यवादी सिद्धान्त प्रतिपादन गरेपछि राजनीतिक विचारको विकास हुन थालेको थियो । राजनीतिक विचारलाई, लेखेर, बोलेर एकले अर्कालाई सुनाउने, बुझाउने अभियानस“गै राजनीतिक सञ्चारको विकास भएको मान्न सकिन्छ । संसारमा मानवीय चेतना, मूल्य र मान्यताको क्रमिक विकासस“गै साम्यवाद, पू“जीवाद, समाजवाद, साम्राज्यवादको विकास भएको पाइन्छ । यी राजनीतिक सिद्धान्तका आधारमा राज्य निर्माण हुने र राज्यसत्ताको विकास क्रमस“गै विश्वमा आम सञ्चारका विभिन्न सिद्धान्तहरु प्रतिपादन भएको पाइन्छ ।

 

१. निरंकुशतावादी सिद्धान्त ः

सञ्चारका यी पाँच सिद्धान्तमध्ये निरंकुशतावादी सिद्धान्त सबैभन्दा पुरानो सिद्धान्त मानिन्छ । यो सिद्धान्तको विकास १६औं शताब्दीको उत्तराद्र्धमा बेलायतबाट भएको थियो । निरंकुशतावादी सिद्धान्तले सञ्चार माध्यम र त्यसको शक्ति सधैं सत्ताको सहयोगीको रुपमा र आफ्नो स्वार्थअनुरुप सञ्चालन गर्ने मुख्य ध्येय राखेको पाइन्छ । एक बेलायती लेखक स्यामुएल जोन्सन भन्नुहुन्छः ‘यो सिद्धान्तले सञ्चारमाध्यमको प्रयोग सत्ताले पत्यार गरेर लाइसेन्स दिएको अथवा अनुमति दिएको मान्छेको हातमा मात्र सीमित राख्दछ । राजनीतिक सिद्धान्त र सत्तामा रहेका अधिकारीहरुका आलोचना गर्न पाइ“दैन । यसको मुख्य उद्देश्य सञ्चार माध्यमलाई सरकारी नीतिहरुको प्रयोगको औजार बनाउनु हो । जुन देशमा जतिबेला निरंकुशतन्त्र अस्तित्वमा रहन्छ त्यो देशमा त्यतिबेला देशको राज्यसत्ताले नै सञ्चारमाध्यममा निरंकुशता लाद्ने गरेको देखिन्छ । राज्यसत्ताको चरित्र निरंकुश हु“दा उसले नगारिकलाई स्वतन्त्रता प्रदान गर्दैन र नागरिक स्वतन्त्रता र सूचनाको पहरेदार प्रेसलाई कुनै पनि अर्थमा स्वतन्त्र हुन दिंदैन । यसल सञ्चार माध्यमहरुको प्रयोग सत्ताले पत्यार गरेर लाइसेन्स दिएको अथवा अनुमति दिएको मान्छेको हातमा मात्र सीमित राख्दछ । यसले विचार प्रवाहको स्वतन्त्रतामाथि नियन्त्रण गर्दछ । यसकोे धर्म नै निरंकुशतन्त्रको सधै सेवा गर्नु हो ।’ १६औं शताब्दीमा विकास भएको यो सिद्धान्त करिब दुई शताब्दी लामो समयसम्म अस्तित्वमा रहेको पाइन्छ । संसारका अधिकांश मुलुकमा त्यो अवधिको राज्यसत्ता पनि निरंकुश नै थियो । निरंकुश सत्तामा प्रेस पनि निरंकुश चरित्रको हुनु स्वाभाविक थियो । समाज विकासको क्रमस“गै मानवीय चेतनामा पनि विकास हु“दै आयो । मानिसले नै निरंकुश सत्ताबाट स्वतन्त्रता खोज्न थाल्यो । निरंकुशतन्त्रको विकल्पमा प्रजातन्त्रको आवाज उठ्न थाल्यो । त्यही क्रममा सत्ताको चरित्रस“ग अन्तरनिहीत बनेर प्रेसको निरंकुशतावादी सिद्धान्तको विकल्पको खोजी हुन थाल्यो । त्यही अभियानमा १९ औं शताब्दीको प्रारम्भस“गै निरंकुशतावादी सिद्धान्तको औचित्यप्रति तीव्र विरोध भई उदारवादी सिद्धान्तको प्रतिपादन भएको देखिन्छ ।

२. उदारवादी सिद्धान्तः

१९औं शताब्दीको प्रारम्भस“गै प्रेसको निरंकुशतावादी सिद्धान्त विस्थापित भयो । सञ्चार माध्यमको प्रभावकारिता, विश्वसनीयता एवम् सत्य तथ्यको खोजीसहित उदारवादी सिद्धान्तको प्रतिपादन भएको पाइन्छ । यसले सत्य र असत्य बीचको भेद छुट्याउन सक्ने मानवीय गुण एवम् मूल्य र मान्यतालाई आत्मसात गरेको देखिन्छ । सञ्चार माध्यम जहिले पनि समाजस“ग मैत्री हुनु पर्छ । जनताको सहयोगी हुनुुपर्छ । तबमात्र प्रेसको औचित्य रहन्छ भन्ने मान्यता क्रमशः स्थापित भयो । प्रेस सरकारको रक्षक वा सत्ताको सहयोगी नभई जनताको पक्षमा उभिनु पर्ने तर्क अघि सारियो र आफ्नो अधिकार मात्र नखोजी दायित्वलाई पनि बुझ्नु पर्ने आवाज उठ्यो । सञ्चारमाध्यम शक्तिमा हुने, बलिया र पहु“चवालाको मात्र नभई कमजोर वर्ग र अल्पसंख्यक सबैको पहु“चमा हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्न थालियो । यो सिद्धान्तको प्रतिपादन र विकासमा जोन स्टुआर्ट मिल जस्ता राजनीतिक दार्शनिकको विचारले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।मानिसलाई सुसूचित गर्ने, व्यापारको प्रबद्र्धन र स्वच्छ मनोरञ्जन दिने उद्देश्य यो सिद्धान्तले आत्मसात गरेको देखिन्छ । सञ्चारलाई स्वतन्त्र बजारमा स्वतन्त्र मान्छेको विचारलाई पु¥याउने यो सिद्धान्तले न्यायपालिकाको सर्वोच्चतालाई सधै स्वीकार गरेको पाइन्छ । सञ्चार माध्यमको स्थायित्व निजी क्षेत्रमा रहनु पर्ने मान्यता राखे पनि व्यक्तिको मानहानि हुने प्रकृतिका समाचार र सामग्री, अश्लीलता जस्ता विषयमा प्रेस स्वनियन्त्रित हुनुपर्ने मान्यता यसले राखेको पाइन्छ । यो सिद्धान्त प्रतिपादनको प्रेरणास्रोत तत्कालीन उदारवादी दर्शन र त्यसस“ग सम्बन्धित राजनीतिक क्रान्तिहरु बनेको देखिन्छ । १७औं शताब्दीमा बेलायत राजनीतिक दर्शनको स्रोत नै मानिन्थ्यो । १८औं शताब्दीमा उदारवादी दर्शनले व्यापकता पाएको थियो । अमेरिका तथा फ्रान्सका राजनीतिक क्रान्ति र त्यसको प्रभाव पनि यो सिद्धान्तकालागि प्रेरणा स्रोत बनेको थियो ।

३. सामाजिक उत्तरदायित्वको सिद्धान्तः

बीसौं शताब्दीको आगमनका साथसाथै विशुद्ध उदारवादी सिद्धान्तका बारेमा थुप्रै बहस थालिए र त्यसको विकल्पमा नवीन सिद्धान्तको खोजी हुन थाल्यो । उदारवादी दर्शन व्यापक र सीमारहित हुने र अस्थिरताको नियन्त्रण गर्ने कुनै सोंच नभएको भन्ने आलोचनाको बीचबाट सामाजिक दायित्वको सिद्धान्त अरु उन्नत भएको पाइन्छ । सूचना जनता बीचमा पु¥याएर बहस छलफल चलाउने, जनतालाई सचेत पार्ने, व्यक्तिगत अधिकार रक्षाका लागि सरकारलाई निगरानी गर्ने, विज्ञापन प्रवद्र्धन गरी उपभोक्तासम्म सबल अर्थतन्त्रको सरल व्याख्या गर्ने, जनतालाई मनोरन्जन दिने र प्रेस सञ्चालनका लागि आर्थिक रुपमा आत्मनिर्भर हुने जस्ता कुराहरु यो सिद्धान्तका विशेषता रहेको छ ।१९औं शताब्दीको प्रारम्भस“गै निरंकुशतावादी सिद्धान्त विस्थापित भयो । सञ्चार माध्यमको प्रभावकारिताको अवधारणासहित उदारवादी सिद्धान्तको प्रतिपादन भएको देखिन्छ । उदारवादी सिद्धान्तलाई प्रजातन्त्रस“गै जोडेर व्याख्या विश्लेषण गर्न थालियो । प्रेसको उदारवादी सिद्धान्त प्रतिपादनका लागि जोन मिल्टन, जोन स्काइन, थोमस जेफरसन र जोन स्टुआट मिल जस्ता राजनीतिक व्यक्तित्व र दार्शनिकहरुको विचारले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । विगत दुईसय वर्षयता अमेरिका र बेलायतले यसै सिद्धान्तलाई अनुरुप सञ्चार माध्यमको अस्तित्वलाई स्वीकार गर्दै आएको पाइन्छ । सञ्चार माध्यम सरकारी प्रभावबाट पूर्णतया मुक्त हुनुपर्छ भन्ने मान्यता स्थापित भयो । शासन प्रक्रियामा राज्यको चौथो अ·को रुपमा सञ्चार माध्यमको भूमिकालाई प्रोत्साहित गरियो । अठारौं शताब्दीको अन्तसम्ममा उदारवादी दर्शनको अवलम्बन गर्दै धेरै मुलुकका संविधानहरुले अभिव्यक्ति र सञ्चारमाध्यम —स्वतन्त्रताको वकालत र सुरक्षा गरे । १७औं शताब्दीका जोन मिल्टन, अठारौं शताब्दीका जोन स्काइन र थोमस जेफरसन र १९औं शताब्दीका जोन स्टुआर्ट मिलले उदारवादी दर्शनको सुदृढीकरणमा ठूलो योगदान गरेको पाइन्छ । प्रेसमा उदारवादी सिद्धान्त अपनाएका देशले प्रजातन्त्र र प्रेसलाई मानिसको जीवन पद्धति र राजनीति संस्कारस“ग परिपुरक हुने गरी प्रयत्न गरेको देखिन्छ । प्रेस र प्रजातन्त्रलाई आपसमा पर्यायको रुपमा ग्रहण गरेको पाइन्छ । यो सिद्धान्तले बहुलवादी राजनीतिक विचार र समाजप्रति उत्तरदायी बन्ने मार्ग प्रशस्त गर्दै आम सञ्चारलाई राज्यको चौथो अ·को रुपमा स्वीकार गर्न थालेको पाइन्छ ।
समाजको निरन्तर विकास र राजनीतिक परिवर्तनस“गै २०औं शताब्दीको प्रारम्भदेखि नै उदारवादी सिद्धान्तको प्रतिवादमा उदारवादी सिद्धान्तले आत्मसात गरेको भन्दा उन्नत र विकसित सोंचको साथ सामाजिक दायित्वको सिद्धान्त प्रतिपादन भयो । २०औं शताब्दीको आगमनस“गै उदारवादी सोंच र सिद्धान्तहरुमा परिवर्तनहरु आए । यसै पृष्ठभूमिमा बीसौं शताब्दीमा सामाजिक दायित्वको अवधारणा अमेरिकामा आयो र सिद्धान्तको आकार लियो । यो सिद्धान्तका तीनवटा मुख्य अवधारणाहरु स्थापित गरिए । १— स्वतन्त्रताको मूल्य हुन्छ, २— सञ्चारले सरकारबाट सुविधा सहुलियत पाउनु पर्छ ३— सुविधा सहुलियत प्राप्त सञ्चार समाजप्रति उत्तरदायी र जिम्मेवार बन्नैपर्छ भन्ने मान्यता स्थापित भयो । अहिले विश्वका प्रजातान्त्रिक मुलुकहरुले सामाजिक दायित्वको सिद्धान्त अपनाइरहेका छन् । अमेरिका, फ्रान्स, बेलायत, जापान, भारत जस्ता ठूला प्रजातान्त्रिक मानिएका देशमा सामाजिक दायित्वको पे्रसको सिद्धान्तलाई प्रजातान्त्रिक शासन पद्धतिस“ग मात्र नभई उनीहरुको जीवनशैलीस“ग अन्योन्याश्रित गराएका छन् । अन्य विकसोन्मुख देशहरु जसले प्रजातान्त्रिक मूल्य, मान्यता र शासन पद्धतिको अभ्यास गरिरहेका छन् ती देशले पनि क्रमशः सामाजिक दायित्वको सिद्धान्तलाई अपनाउन थालेको देखिन्छ । २१औं शताब्दीलाई सूचना र सञ्चारको युग बनाउन, प्रेसलाई प्रजातन्त्रको अभिन्न अ· बनाउन र मानवीय जीवन पद्धतिको अनिवार्य सर्तको रुपमा स्थापित गर्दै चौथो अ·को रुपमा प्रेसलाई विश्वव्यापी रुपमा स्थापित गराउन सामाजिक दायित्वको सिद्धान्तले विशेष भूमिका खेलेको देखिन्छ ।

४. साम्यवादी सिद्धान्त ः

संसारमा माक्र्स लेनिन, स्टालीन र माओ आदिका साम्यवादी विचारका आधारमा राज्यसत्ता स्थापना भएका सोभियतसंघ लगायतका मुलुकहरुमा यो सिद्धान्तको प्रयोग भएको पाइन्छ । सोभियतसंघमा साम्यवादी विचारका आधारमा राज्यसत्ता सञ्चालन हुन थालेपछि यो सिद्धान्तको विकास भएको हो । यो सिद्धान्तलाई कट्टर साम्यवादी राजनीतिक पार्टीको सरकारले साम्यवादी देशमा आत्मसात् गर्ने एकदलीय अधिनायकवादी सिद्धान्तको रुपमा बुझ्ने पनि गरिएको छ । यो सिद्धान्त साम्यवादी विचारधाराको सैद्धान्तिक जगमा उभिएर जन्मिएको मानिन्छ । यसले वर्गविहीन समाजको परिकल्पना गरेको छ र वर्गीय जनताको अधिनायवाद भएको वर्गविहीन राज्य निर्माण र विकासका लागि प्रेस पनि वर्गीय हुनुपर्ने मान्यता राख्दछ । कम्युनिष्ट पार्टीको राजनीतिक विचारलाई आत्मसात गर्ने र अन्य राजनीतिक विचारलाई निषेध गर्नु यो सिद्धान्तको मुख्य उद्देश्य रहेको देखिन्छ । संसारमा प्रजातन्त्र र उदारवादको हुरीले अधिनायकवादी सोभियत सिद्धान्त अहिले निकै कमजोर भएको छ । तत्कालीन सोभियतसंघको सञ्चार सिद्धान्त मुख्यतः लेनिन र स्टालिनले गरेको माक्र्सवादी व्याख्यामा आधारित छ । सन् १९९० को दशकमा सोभियतसंघ विघटन भयो । सोभियतसंघमा कम्युनिष्ट सत्ताको समाप्तिस“गै सोभियत साम्यवादी सिद्धान्त निकै कमजोर हुन पुग्यो तर साम्यवादी मुलुकहरु चीन, उत्तरकोरिया, भियतनाम, क्यूवा जस्ता साम्यवादी देशहरुले अहिले पनि कम्युनिष्ट पार्टीको विचारलाई मात्र प्राथमिकता दिने र कम्युनिष्ट राज्यसत्ताको चरित्रलाई आत्मसात गर्ने मान्यताका प्रेस सञ्चालन गरेका छन् । तर, त्यहा“ सोभियत साम्यवादी सिद्धान्तको नाममा नभई आफ्नो देशको सापेक्षतामा प्रेस सञ्चालन भएको दाबी ती देशहरुले गर्दै आएका छन् ।
यसरी प्रेसको उल्लिखित सिद्धान्त प्रतिपादन भएको र देश काल परिस्थितिका आधारमा तिनको कार्यान्वयन हु“दै आएको देखिन्छ । यस्तै पुराना सिद्धान्तहरु विस्थापित पनि हु“दै आएका छन् । मुख्यतः अहिले विश्वका प्रजातान्त्रिक देशले उदारवादी र सामाजिक दायित्वको सिद्धान्तलाई अपनाई रहेको पाइन्छ । दक्षिण पूर्वी एसियाकै कतिपय देशले संविधानमै प्रेस तथा वाक्स्वतन्त्रतालाई प्रत्याभूत गरेका छन् । छिमेकी राष्ट्र भारतले सामाजिक दायित्वको सिद्धान्तलाई आत्मसात गरेको छ भने पाकिस्तान र चीनमा अझै पनि निरंकुशतावादी र साम्यवादी सिद्धान्तको निरन्तरता रहेको अवस्था छ । हाम्रो देशमा २०४६ को परिवर्तन यता आएर उदारवादी प्रेसको सिद्धान्तलाई आत्मसात गरेको अवस्था छ भने २०६२÷०६३ को जनक्रान्ति पश्चात् बनेको अन्तरिम संविधान २०६३ ले संविधानको प्रस्तावनामै प्रेस स्वतन्त्रतालाई आत्मसात गरी सामाजिक दायित्वको सिद्धान्तलाई अङ्गिकार गर्न थालेको देखिन्छ ।

५. शान्ति सिद्धान्तः

पाचौ सिद्धान्तका रुपमा सञ्चारमा शान्ति सिद्धान्त रहेको छ । संसारमा खासगरी प्रेसका चार सिद्धान्तहरु बारे धेरै चर्चा गरिए तापनि शान्तिका लागि महत्वपूर्ण धर्म—दर्शनको रुपमा चर्चित रहेको गौतमबुद्धद्वारा प्रतिपादित शान्ति सिद्धान्तले विश्व राजनीति र सञ्चारमा पारेको प्रभावबारे भने निकै कम चर्चा भएको पाइन्छ । पछिल्लो समयमा लुम्बिनी बौद्ध विश्वविद्यालयले विद्यावारिधि (पीएच्डी)का शोधार्थीमार्फत सञ्चारमा शान्ति सिद्धान्तलाई परिभाषित गरी यसको औचित्य र महŒवलाई प्राज्ञिक अनुसन्धानबाट पुष्टी गरिएपछि आम सञ्चार तथा पत्रकारिताका जिज्ञाशु पाठक, अनुसन्धानकर्ताहरु एवं दर्शन र पत्रकारितासंग सम्बन्धित विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरुमा अध्ययन – अध्यापनको विषय हुन थालेको छ ।
गौतमबुद्धले गृह त्याग गर्दा जुन साेंच बनाएर हिड्नु भयो, तपस्याका बेला जुन साधना र चिन्तन गर्नु भयो र ज्ञान प्राप्त भइसकेपछि मानिसले कसरी शान्ति प्राप्त गर्न सक्छ ? मुक्ति र शान्तिको मार्ग के हो ? भनेर आफूले बोधिसत्व प्राप्त गरिसकेपछि जीवनपर्यन्त मानिसले कसरी सुख प्राप्त गर्न सक्छ र त्यसको मार्ग के हो भन्ने बारेमा चार आर्यसत्य र आठ आष्टाङ्गिक मार्ग सम्बन्धी ज्ञानको प्रवचन, उपदेश र निरन्तर सञ्चार गर्नु भयो, त्यसको प्रभाव त्यतिबेलाको समाजमा त प¥यो नै, कैयन राजा महाराजाहरु पनि गौतमवुद्धको शान्ति दर्शन र सिद्धान्तबाट प्रभावित भई अनुयायी बन्नुका साथै शस्त्रको हिंसात्मक राजनीति छाडेर शास्त्रका मार्गमा आधारित शान्तिको राजनीति गर्न थालेका तमाम उदाहरण छन् । त्यसको ज्वलन्त उदाहरणका रुपमा भारतका तत्कालीन शक्तिशाली सम्राट अशोकले सशस्त्र हिसांत्मक मार्ग छोडेर बुद्धको धर्म दर्शनवाट प्रभावित भई राज्यको सम्पूर्ण साधन स्रोतसमेत बौद्धधर्म दर्शनको प्रचारमा लगाएबाट स्पष्ट हुन्छ । स्मरणीय छ उनले ८४ हजार भन्दा बढी त विभिन्न ठाउँमा वौद्धविहार नै बनाएका थिए । गौतमबुद्धको जन्मभूमि नेपालको लुम्बिनीमा हो भनेर उतिबेलै अशोकस्तम्भ खडा गरेका थिए । गौतमबुद्धका पिता सुद्धोधनको राजधानी कपिलवस्तुको तिलौराकोट र नेपालभित्र रहेका अन्य बुद्धस“ग सम्बन्धित निग्लिहवा, देवदह र रामग्रामलगायतका स्थलहरुको प्रमाणिक जानकारी दिएका थिए । बौद्ध धर्म—दर्शनको प्रभावले राजनीति र सञ्चार क्षेत्रमा प्रभाव पारेका तमाम उदाहरण छन् । बुद्धका शान्ति सन्देशले आम सञ्चारमा निकै प्रभाव पारेको छ । गौतम बुद्धले मानिसहरुका बीचमा सूचना, समाचार र विचारको प्रभावकारी सम्प्रेषण कसरी गर्ने भन्ने विषयमा नयाँ प्रकारको शैलीलाई अपनाउँदै सञ्चारको सिद्धान्तनै प्रतिपादन गर्नुभएको थियो । त्यो सञ्चारको सिद्धान्तलाई आफ्ना शिष्यहरुमार्फत प्रयोगमा ल्याउनु भएको थियो । बौद्ध सञ्चार सिद्धान्तको अध्ययन, अनुसन्धान र कार्यान्वयनको खाँचो देखिएको छ ।
(सञ्चारमा शान्ति सिद्धान्तका प्रतिपादक एवं व्याख्याता डा. चापागाईंले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘बौद्ध दर्शन र सञ्चार’ विषयमा विद्यावारिधि (पीएच्डी) हासिल गर्नुभएको छ । )