क्रान्तिकारी पत्रकार महासंघको विशेष राष्ट्यि भेला पश्चिम नवलपरासीको बर्दघाटमा आइतबार सम्पन्न,

प्रकाशित मिति:

रामु भुषाल- क्रान्तिकारी पत्रकार महासंघको केन्द्रिय विशेष राष्ट्यि भेला आईतबार पश्चिम नवलपरासीको बर्दघाटमा सम्पन्न भएको छ । महासंघका केन्द्रिय अध्यक्ष ईन्द्र राउतको अध्यक्षता, नेकपा क्रान्तिकारी माओबादी पोलिट्ब्युरो सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज प्रेम सुवेदी को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले अहिले हरेक दृष्टिकोण बाट मुलुक संकटग्रस्त भईरहेको र राज्य व्यवस्था को कारण देशका मुख्य अंग कार्यपालिका व्यवस्थापिका र न्यायपालिका अस्तव्यस्त भईसकेको बताउदै देशमा अहिलेको व्यवस्था असफल भएकाले यो व्यवस्था खारेज गरी नया व्यवस्था ल्याउन आफुहरु लाग्नु पर्नै बताउनु भयो । सो अवसरमा बिशेष अतिथथिको रुपमा बरिष्ठ पत्रकार एवं महासंघका केन्द्रिय सल्लाहकार हिरामणी दुखी अतिथिहरु न्ेकपा का्रनितकारी माओवादीका प्रदेश सेके्रटरी भुपेन्द्र न्यौपाने ,लगायतले देशको बिषम परिस्थिती पत्रकारिता क्षेत्रको अवस्थाको बारेमा मनतव्य राख्नुभएको थियो ।

आसन्न तेस्रो राष्ट्रिय सम्मेलनको तयारीको रुपमा राष्ट्रिय भेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । भेलाको बन्दसत्रले मिडियामा बढ्दो बैदेशिक र अपारदर्शी लगानीले नेपालको स्वाधिनता र सार्वभौमिकता माथि नै खतरा उत्पन्न गर्ने ठहर गर्दै त्यसको विरोद्धमा शसक्त आवज उठाउने, सघिंय र प्रदेश सरकारले ल्याएका प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता विरोधी कानुनको खारेजीको माग गर्दै श्रमजिवि पत्रकार एैनको पुर्ण रुपमा कार्यान्वयनका लागी राज्य, सम्बन्धित निकाय र पक्ष संग जोडदार माग गर्ने, वर्गिकरणमा परेका बर्षौ देखी पत्रपत्रिकालाई सेवा सुविधा प्रदान गर्न र पुर्ण समानुपाति रुपमा लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन प्रेस काउन्सिल नेपाल र विज्ञापन बोर्डलाई जोडदार आग्रह गर्ने बताएको छ ।

साथै सो भेलाले नेपालको कानुनले समेत प्रतिबन्ध लगाएको सञ्चारमाध्यममा विदेशी लगानी बढ्नु र योग गुरु राम देवले सञ्चालनमा ल्याउन लागेका आस्था नेपाल र पतञ्जली नेपाल नामका टेलिभिजन स्वयं प्रधानमन्त्री बाट उद्घाटन गरिनु आपत्तिजनक र निन्दनिय भएको ठहर गर्दै नेपालमा बिदेशी लगानीका सञ्चार माध्यम माथि प्रतिबन्ध लगाउन सरकार संग माग गर्ने महासंघका प्रदेश संयोजक रवि पाण्डेले जानकारी दिनुभएको छ । सो राष्ट्रिय भेलामा महासंघका केन्द्रिय उपाध्यक्ष नारायण पंगेनी को स्वागत मनतव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन महासंघका केन्द्रिय महासचिव रामकुमार श्रेष्ठले गर्नुभएको थियो । भेलाको अहिले बन्दसत्र चलिरहेको आयोजकले जनाएको छ ।

पश्चिम नवलपरासीको बर्दघाटमा व्यवसायिक पशुपालनका लागी सामाग्री हस्तान्तरण कार्यक्रम आइतबार सम्पन्न,

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका पशुपंक्षी विकास शाखा को आयोजनामा व्यवसायिक पशुपालनका लागी छाटी काट्रने मेशिन, ठेलागाडा, काउम्याट र पश्हरुका लागी खनिज मिश्रण पोषण हस्तान्तरण कार्यक्रम आज बर्दघाट नगरपालिकाको प्राङगणमा सम्पन्न भएको छ । बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालको अध्यक्षता एवं उपप्रमुख मायादेवी पौडेलको विशेष आतिथ्यतामा बोल्दै नगर प्रमुख बस्यालले बर्दघाट नगरपालिका अहिले दुध र अण्डामा आत्मनिर्भर भईसकेको बताउदै निकट भविष्यमा मासुमा पनि आत्म निर्भर बनाउने उद्धेश्यले नगरका केही स्थानहरुलाइ बाख्रापालन पकेट क्षेत्र घोषणा गरी विभिन्न कार्यक्रम सहित सहयोग गरिरहेको बताउनु भयो । सो अवसरमा बस्यालले बोल्दै स्थानिय सरकार गठन भईसकेपछि नगरले पशु र कृषि का क्षेत्रमा उल्लेखनिय सहयोग गर्दै आएको र कृषकका हितका लागी नगरले निरन्तर सहयोग गर्ने हुदा कृषकहरुmलाई निराश नभई आत्मविश्वासका साथ अगाडी बढ्न आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै पौडेलले कृषि क्ष्ेत्रमा महिलाहरुको अहम भुमिका रहको बताउदै सो व्यवसायमा लाग्ने कृषकहरुलार्इ सम्मानजनक रुपले हेर्नुपर्ने र नगरले कृषकहरुका हितका लागी योजनाहरु ल्याउने बताउनु भयो । सो अवसरमा अतिथि बर्दघाट नगरपालिका वार्ड नंं ४ का वार्ड अध्यक्ष तथा नगरप्रवक्ता रविन्द्र बिक्रम हमाल ले कृषि क्षेत्रमा अझैपनि दक्ष प्रविधिक , उन्नत विउविजन का साथै मल खाद अभावका कारण कृषकहरु समस्या मा पर्ने र आफ्नो उत्पादनको सहि बजारिकरण र उचित मुल्य नहुँदा कृषकहरु प्लायन हुनुपर्ने बाध्यता भएकाले राज्यले सो समस्या निवारणका लागी ठोस योजना बनाउनु पर्नै बताउनु भयो । कार्यक्रममा वार्ड नंं १० का वार्ड सदस्य रुद्र बहादुर कार्की र कृषकहरुले आ आफ्नो समस्या राख्नुभएको थियो ।

कायृक्रममा पशुपंक्षि विकास शाखा प्रमुख भरत लम्साल ले कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्दै नगरको आ.व २०७८/७९ को स्विकृत बजेट तथा कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा ४० थान छाठी काट्रने मशिन १०० थान ठेलागाडा, ६० थान काउम्याट गरी १८२ जना नगरमा सुचिकृत भएका कृषकहरुलाई बितरण गर्न लागिएको बताउदै करिब ५०० सुचिकृत किसानहरुलाई प्रति किसान ५ केजी खनिज मिश्रण पोषण निशुल्क वितरण गरिने बताउनु भयो । पशुपालन कृषक, नगरका विभिन्न शाखा प्रमुख जनप्रतिनिधि, सञ्चारकर्मी लयागतको सहभागिता रहेको कार्यक्रम को सञ्चालन पशु सेवा प्राविधिक अभिषेक लामिछानेले गर्नुभएको थियो ।