४ पुष,कञ्चन-निर्वाचन आयोग,जिल्ला निर्वाचन कार्यलय,रुपन्देहीले आज देखि कञ्चन गाउपालिकामा नयाँ मतदाता नामावली संकलन तथा अध्यावधिक गर्ने कार्य शुरु गरेको छ। जिल्ला निर्वाचन कार्यलय,रुपन्देहीले हरेक स्थानिय तहहरुमा गई १८ बर्ष उमेर पुगी नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका सबै नेपाली नागरिकहरुको मतदाता नामावलीमा सुचिकृत गर्न लागेको हो ।
कञ्चन गाउपालिकाको कार्यलयलाई मुख्य केन्द्र बनाई कञ्चनमा मतदाता नामावली संकलन गर्ने कार्य आगामी २०७८ पुष १८ गते सम्म समय सिमा निर्धारण गरिएको छ। निर्धारित समयमा स्थानिय तहमा राखिएको संकलन केन्द्रमा आफ्नो नाम सुचिकृत गर्न नसक्नेले आगामी चैत्र मासन्त सम्म जिल्ला प्रशासन कार्यलय,भैरहवा र ईलाका प्रशासन कार्यलय, बुटवलमा गई नाम सुचिकृत गर्न सक्नेछन।कञ्चन गाउपालिकाका मतदाता नामावलीमा १८ बर्ष पुगेका कञ्चनवासीहरुले सहज रुपमा आफ्नो नाम सुचिकृत गराउन भन्ने उद्धेश्यले वडागत रुपमा समय निर्धारण गरी सूचना जारी गरेको छ। गाउपालिकाले गत पुष २ गते जारी गरेको सूचना अनुसार वडा नं। ५ का लागि पुषको ४ र ५ गते, वडा नं। ४ का लागि पुष ८ र ९ गते वडा नं। ३ का लागि ६ र ७ गते, वडा नं। २ का लागि १२ र १३ गते र वडा नं। १ का लागि १० र ११ गते समय निर्धारण गरिएको छ।
यसैगरी गाउपालिकाद्धारा निर्धारित समय अनुसार मतदाता नामावलीमा आफ्नो नाम सुचिकृत गर्न छुटेकाहरुका लागि १४ गते देखि १८ गते सम्म थप समय निर्धारित गरिएको छ।
थप गरिएको थप दिनहरुलाई पनि वडागत रुपमा समय निर्धारण गरिएको छ। पुषको १४,१५ र १६ गते वडा नं। ३,४ र ५ तथा १७ र १८ गते वडा नं। १ र २ का वडावासीहरुले आफ्नो नाम मतदातचा नामावलीमा सुचिकृत गर्न सक्ने छन।कञ्चन गाउपालिकाको कार्यलयलाई मतदाता नामावली संकलन स्थानको रुपमा निर्धारण गरिएको छ।











