माओवादी वाग्मती प्रदेश अध्यक्षमा पौडेल निर्वाचित

प्रकाशित मिति:

काठमाडौं । माओवादी केन्द्र वाग्मती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । १६२ मत ल्याएर उनी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी दिनानाथ गौतमले ८६ मत ल्याएका छन् ।उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेमबहादुर पुलामी निर्वाचित भएका छन् ।

सचिवमा इन्द्रबहादुर थिङ (छिन्ताङ )ले १४९ मत प्राप्त गरी विजयी भएका छन् । सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन् ।कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित भएकी छिन् ।