८ दिनपछि भेटिए चन्द्रे कामी

प्रकाशित मिति:

कर्णाली- हुम्लाका चन्द्रे काम भेटिएका छन्। बेपत्ता भएको ८ दिन पछि बुधबार विहान भेटिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधव प्रसाद श्रेष्ठले जानकारी दिए।‘खार्पुनाथमै भेटिएका छन्। प्रहरीले उनलाई जिल्ला सदरमुकाम ल्याउदैछ’ उनले भने, ‘बालविवाह भएका कारण बेपत्ता भएको हुनसक्छ तर सदरमुकाम ल्याएपछि मात्रै सोधपुछ हुन्छ।’उनले भने ‘कुनै प्रकारको चोटपटक छैन उनी सकुशल छन्’ मुगुका डीएसपी सुवास हमालले भने, ‘चन्द्रे आफै लुकाइएका हुन भन्ने विषयमा केही खुलेको छैन।’ गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

सर्केगाड गाउँपालिका-१ जैरका उनले मंसिर ५ गते मुगुको सोरु गाउँपालिका(४ लिब्र रमिला ९सुन्तली० मल्लसँग विवाह गरेका थिए। अन्तरजातीय विवाह भएका कारण २० दिनसम्म उनिहरू लुकेर बसेका थिए। रमिलाका माइती पक्षले २९ गते मध्ये राति खोसेर लिएका थिए। सोही दिनदेखि चन्द्रे वेवत्ता भएका थिए। उनको खोजीका लागि मुगु र हुम्लाबाट ३ वटा प्रहरीको टोली खटिएको थियो।

यसअघि चन्द्रेको अवस्था सार्वजनिक गर्ने विभिन्न मानवअधिकारकर्मी संघ संस्था दवाव दिएका थिए। दवावकै कारण शनिबारदेखि हुम्लाका डिएसपी हेरम्भ शर्मा आफै चन्द्रेको खोजीका लागि खटिएका थिए।