प्राध्यापकलाई आक्रमण गर्ने आरआरका विद्यार्थी निष्कासित

प्रकाशित मिति:

रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसले बिए पहिलो वर्षको परीक्षा चलिरहेको बेला मंगलबार निरीक्षक प्राध्यापकमाथि आक्रमण गर्ने विद्यार्थी कुबेर जेठारालाई निष्कासन गरेको छ ।

उनीविरुद्ध कानुनी कारबाही पनि अघि बढाइएको क्याम्पस प्रमुख डा। जीवनधर ज्ञवालीले बताए । उनका अनुसार जेठाराले प्राध्यापकमाथि आक्रमण गरेर क्याम्पसको शैक्षिक वातावरणमा खलल पुर्याएको भएर क्याम्पसले निष्कासन गरेको हो ।बुधबार बिहान पत्रकारिता विषयको ३० पूर्णाङ्कको आन्तरिक परीक्षा सञ्चालन भइरहँदा जेठाराले निरीक्षक प्राध्यापक प्रकाश पुडासैनीलाई जगले प्रहार गरेका थिए ।

पुडासैनी घाइते छन् । उनको टाउकोमा चोट लागेको छ । उनी परीक्षासँग असम्बन्धित विद्यार्थी हुन् । प्रहरीले गरेको अनुसन्धानको क्रममा जेठारा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध रहेको खुलेको छ ।