माओवादी केन्द्रको स्थायी कमिटीमा प्रचण्डको प्रतिवेदन पेश, बैठक ३ बजेसम्मका लागि स्थगित

प्रकाशित मिति:

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो ३ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।शुक्रवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्नका लागि तयार गरेको प्रतिवेदन पेश गरेका थिए ।माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार अध्यक्ष प्रचण्डले प्रतिवेदनको संक्षिप्तरूप वाचन गरेर बैठकमा पेश गरेका थिए ।माओवादी केन्द्रले पुसको ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन बोलाएको छ ।

सम्मेलनले पार्टीलाई क्रान्तिकारी विचारसहितको क्रान्तिकारी पार्टी बनाउने दाबी गरेको छ ।अध्यक्ष प्रचण्ड पार्टी एकीकरण कार्यक्रममा सहभागी हुन जानुपर्ने भएकाले बैठक केहीबेरको लागि स्थगित भएको महराले बताए ।नेकपा मसलाबाट विद्रोह गरेको समूह र नेकपा ९माओवादी० बाट विद्रोह गरेको प्रभात चलाउनेको समूहले माओवादी केन्द्रसँग एकीकृत हुने भएको छ ।काठमाडौंको त्रिपुरेश्वरमा एकीकरण कार्यक्रम आयोजना गरिएको छ ।