दीपमा स्वागत कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

पुस–९, बुटवल ।पुरुषोत्तम पाण्डेय-दीप बोर्डिङ हाई स्कूलमा शुक्रबार शैक्षिक सत्र २०७८ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको स्वागतार्थ स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूलाई टीका र खादाद्वारा स्वागत गरिएको थियो भने कक्षा ११ र १२ का विद्यार्थीहरूले सांस्कृतिक नृत्य र गीत प्रस्तुत गरेका थिए ।राष्ट्रिय गायक तथा सङ्गीतकार सौगात सायरको समेत साङ्गीतिक प्रस्तुति रहेको कार्यक्रममा कक्षा १२ का विद्यार्थी प्रशान्त पाण्डेयले स्वागत मन्तव्य र कक्षा ११ की शर्मिला पन्थीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले दीप बोर्डिङ हाई स्कुलले शैक्षिक उन्नयनमा पु¥याएको योगदानको चर्चा गर्दै आगामी दिनमा यस विद्यालयले युग सुहाउँदो शिक्षा दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुृभयो भने कार्यक्रमका प्रमुख अतिथि प्याब्सन नेपालका केन्द्रीय सह अध्यक्ष तथा लायन्स क्लब अफ नेपालका पूर्व अध्यक्ष डि.के ढुङ्गानाले जीवनमा आम मान्छेभन्दा खास मान्छे बन्नुपर्ने भन्दै जीवनमा सफलता प्राप्तिका लागि लक्ष्य लिएर परिश्रम गर्नुपर्ने बताउनुभयो । त्यसैगरी अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले शिक्षा, अतिरिक्त क्रियाकलाप र विद्यार्थीहरूको चौतर्फी विकासमा दीप बोर्डिङले उल्लेखनीय काम गरेको बताउनुभयो भने कालिका मानवज्ञान मा.वि.ले आयोजना गरेको अन्तर मा.वि. जिल्लास्तरीय छात्र भलिबल प्रतियोगितामा द्वितीय हुन सफल दीप बोर्डिङ हाई स्कुलका खेलाडीहरुलाई मायाको चिनो र खादाद्वारा सम्मान गरिएको थियो ।

विद्यालयको कक्षा १२ मा अध्ययनरत विश्व खनालको सभाध्यक्षता, प्याब्सन नेपालका केन्द्रीय सह अध्यक्ष तथा लायन्स क्लब अफ नेपालका पूर्व अध्यक्ष डि.के ढुङ्गानाको प्रमुख आतिथ्यता, बुटवल उपमहानगरपालिकाको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालको विशिष्ट आतिथ्यता, अभिभावक महासंघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजू, उपाध्यक्ष उमाकान्त चापागाईँ, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, प्लस टु संयोजक वसन्तकुमार जोशी, व्यवस्थापन सङ्कायका संयोजक डी.बी. रायमाझी, विज्ञान सङ्कायका संयोजक कमल नेपाल, पूर्व विद्यार्थी सन्दिप खनाल, सिलम श्रेष्ठ, अभिषेक भट्टराई लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक पुरुषोत्तम पाण्डेय र विद्यार्थी द्वय विशेष पाण्डे तथा अनिशा पाण्डेले संयुक्त रूपमा गरेका थिए ।