वैशाख १४ मा स्थानीय तहको निर्वाचन गर्न आयोगको प्रस्ताव

प्रकाशित मिति:

काठमाडौँ — निर्वाचन आयोगले आगामी वैशाख १४ गतेमा स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते निर्वाचन गर्न सकिने जानकारी गराएका हुन् ।

स्थानीय तहका पदाधिकारी पदावधि जेठ ५ गते सकिँदै छ । स्थानीय तह सञ्चालन ऐन अनुसार पदावधि सकिनु २ महिनाअघि निर्वाचन गरिसक्नु पर्ने व्यवस्था छ ।