प्रकाश न्यौपाने
पौष ९ गते
नवलपरासी । मानव अधिकार तथा शान्ति समाज नवलपरासीको शुक्रवार २१ औं बार्षिक साधारण सभा बर्दघाटमा सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुल प्रसाद आचार्यले राष्ट्रमा शान्ति, अहिसा, सदभाव र सहिष्णुताको अवस्थाले देशको बास्तबिकता झल्काउने बताउनु भयो । मानव अधिकार बिना कुनै पनि व्यक्तिका अधिकार सुरक्षित हुदैन तसर्थ अधिकार र कर्तव्यहरुलाई सहि रुपमा निर्वाह गर्न मानव अधिकारको महत्त्वपूर्ण भुमिका हुने आचार्यले बताउनु भयो ।

कार्यक्रममा समाजका सचिब गणेश प्रसाद न्यौपानेले प्रस्तुत गर्नु भएको सस्थागत प्रतिबेदन र कोषध्यक्ष प्रकाश कुमार बिश्वकर्माले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन पास गरेको छ ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य एव प्रमुख वक्ता कृष्ण नारायण श्रेष्ठले नवलपरासीमा कतिपय बुवा आमाको कामका कारण बालबालिकाहरु शिक्षाको मुलधार भन्दा बहिर रहेकाले तिनिहरुलाइ सस्थाले सहयोग गरि बिधालयसम्म ल्याउन पहल गर्नु पर्ने बताउनु भयो । सस्थाका आजिवन सदस्य बालाकृष्ण लम्साल, बलराम चापागाईं, माधब प्रसाद पाण्डेले मानव अधिकार र शान्ति समाजले खेलेको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । सस्थामा ५५ जना आजिवन सदस्य र २ जना साधारण सदस्य रहनु भएको सस्थाका सचिव गणेश प्रसाद न्यौपानेले बताउनु भएको छ ।

सन्तोष अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिब गणेश प्रसाद न्यौपानेले गर्नु भएको छ ।












