नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालसँग आफूहरू ढिलो-चाँडो एक ठाउँमा हुने बताएका छन्।शनिबार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले भने, माधव नेपालसँग हामी ढिलो-चाँडो एक ठाउँमा हुन्छौं। हामी यसअघि पनि आफैं छुट्टिएको होइन।
यसअघि पनि आफूहरूले प्रयास गरेको भन्दै ढिलो- चाँडो मिल्ने उनले बताएका हुन्।निर्वाचन हामीकहाँ निषेध छैन। यसअघि पनि हामीले यसको प्रयास गरेका थियौं।ुनेतृत्व भनेको औपचारिकमात्र नभई विचार र जनमत बोकेको हुनुपर्ने उनको भनाइ छ।नेतृत्व भनेको औपचारिकमात्र होइन विचार र जनमत बोक्ने हुनुपर्छ, जसरी पनि निर्वाचन जितेर नेतृत्व सही आउँछ भन्ने पनि हुँदैनु,
उनले भने, हामी बुर्जुवाले जस्तो निर्वाचन चाहँदैनौं तर हामी निर्वाचान हुनुहुँदैन पनि भन्दैनौं।उनले निर्वाचन र मूल्यांकन दुवै हुनुपर्ने बताए।निर्वाचन र मूल्याकंन दुवै हुनुपर्छ, हामीले हिजो यसै प्रचण्डपथ छोडियो कुनै विकल्प ल्याइएन भन्ने हो, फेरि प्रचण्डपथ ल्याउन पर्छ भन्ने होइनु, उनले भने।











