आज पौष संक्रान्ति, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७५ पौष १ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल पौष महिनाको १ गते आइतबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत मार्गशीर्ष शुक्ल पक्षको नवमी तिथि राति ३।२१ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । उत्तराभाद्रपदा नक्षत्र राति १२।३ बजेसम्म रहनेछ । आज सूर्योदय ६।४९ मा छ भने सूर्यास्त बेलुका ५।९ बजे हुनेछ ।

चन्द्रमा आज मीन राशिमा छन् । आजबाट पुस महिना शुरु भएको छ । आज पौष संक्रान्ति हो । सूर्य धनु राशिमा प्रवेश गरेका छन् । आज दान पुण्य कर्मका साथै पञ्चाङ्ग फल श्रवण गर्नाले गङ्गास्नान गरे बराबरको फल प्राप्त हुनेकुरा शास्त्रमा बताइएको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५