साेमवारकाे माैसम : देशभर सामान्यदेखि पूर्ण बदली भइ हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने
काठमाडौं । सोमवार देशको पहाडी तथा हिमाली भू-भागहरूमा सामान्य देखि पूर्णतया बदली र तराइका भू(भागहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
त्यस्तै, सोमवार राति देशको पहाडी तथा हिमाली भू(भागहरूमा सामान्यदेखि पूर्णतया बदली र तराइका भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू(भागहरु केही स्थानहरूमा मा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । महाशाखाले तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु तथा कुहिरो लागुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षारसतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।











