५ देखि ११ वर्षका बालबालिकाका लागि फाइजरको ८४ लाख खोप खरिद गरिने

प्रकाशित मिति:

नेपालमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउनको लागि छलफल अगाडि बढाएको छ।खोप सल्लाहकार समितिले सिफारिस गरेपछि र सरकारले निर्देशन दिनेवित्तिकै खोप लगाउने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले ५ देखि ११ वर्ष उमेर समूहका खोप लगाउने विषयमा मन्त्रालय र विभागमा सल्लाह हुँदैछ । खोप सल्लाहकार समितिले सिफारिस र सरकारको निर्देशन पछि खोप लगाउन शुरु गर्ने छलफल भएको छ।’

सोही अनुसार आपूर्ति व्यवस्थापन शाखाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाएको डा. चौरसियाले जानकारी दिनुभयो ।‘बालबालिकालाई पुग्ने गरी ८४ लाख डोज फाइजर खोप खरिदका लागि पत्राचार गरेका छौँ ’डा. चौरसियाले भन्नुभयो ।