प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान

प्रकाशित मिति:

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।  आयोगले सातवटै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि बुधबार विज्ञापन आह्वान गरेको हो ।

सबैभन्दा बढी कोटा खुलामा ७ हजार २०३ रहेको छ । योग्यता पुगेका नेपाली नागरिकले १३ माघसम्म नियमित र २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्ने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत बुझाउन सकिने छ । आयोगले निमावि र मावि तहमा शिक्षकका लागि यसअघि नै विज्ञापन आह्वान गरिसकेको छ ।

यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ ।