१६ पुष,बुटवल- नेपाल मजदुर किसान पार्टी रूपन्देहीले शुक्रबार लुम्बिनी प्रदेश मुकाम बुटवलमा एमसीसीविरूद्ध विरोधसभा सम्पन्न गर्यो ।विरोधसभामा नेमकिपा रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले एमसीसीका धारा धाराले नेपालको सार्वभौमसत्तामाथि आॅच पुर्याएको प्रष्ट पार्नु भयो । एमसीसी नपढ्नेहरूले विरोध गरिरहेको भन्ने शासकहरूलाई नेमकिपाले संसदमा उठाएका बुॅदाहरूको मात्र जवाफ दिन चुनौति दिंदै अध्यक्ष वासीले आर्थिक दरिद्रताभन्दा मानसिक दरिद्रता देशको लागि भयानक खतरा हुन्छ भन्नु भयो ।
कार्यक्रममा नेमकिपा रूपन्देहीका सचिव जगिलाल थापाले साम्राज्यवादी अमेरिकाले नेपाली दलाल शासकहरू मार्फत नेपाललाई नयॉ उपनिवेश बनाउन लागेको छ भन्नुभयो । नेपाल क्रान्तिकारी विद्यार्थी संघका कृष्ण पोखरेलले एमसीसी सम्झौता चीनलाई घेर्ने षड्यन्त्र अनुसार गरिएको बताउनुभयो











