प्रचण्ड डेरा सर्ने

प्रकाशित मिति:

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डेरा सर्ने भएका छन् । शुक्रबार साँझ बसेको स्थायी कमिटी बैठकपछि प्रज्ञा भवनमा संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले अब आफु डेरा सर्ने तयारीमा रहेको बताएका हुन् । अध्यक्ष प्रचण्डले महाधिवेशन भव्य र सभ्य रुपमा अघि बढिरहेको भन्दै शनिबार नयाँ केन्द्रीय कमिटी निर्वाचित हुने बताए ।

‘हाम्रो आठौं राष्ट्रिय महाधिवेशन भव्य र सभ्य रुपमा अघि बढिरहेको छ । आज प्रतिवदेन जोडदार ढंगले पारित भयो । भोलि विधान पारित हुन्छ र केन्द्रीय समिति पनि भोली नै निर्वाचित हुन्छ’, प्रचण्डको भनाई छ । अध्यक्ष प्रचण्डले प्रतिवेदनमाथि आएको एउटा फरक मतलाई सम्मान गर्ने र अरु फरक मत समेटेर राजनीतिक तथा वैचारिक प्रतिवेदन पास भएको जानकारी समेत गराए ।

ऐतिहासिक वैचारिक विकासको सुरुवात भएको भन्दै आगामी दुवै निर्वाचनपछि गरिने विशेष महाधिवेशनले संगठनको रुपान्तरण र विचारलाई समेत अझ विकसित गर्ने अध्यक्ष प्रचण्डको भनाई छ ।