गैडहवामा जाडोका कारण एक साता बिधालयहरु बन्द हुने

प्रकाशित मिति:

१९ पुष, कञ्चन- पुष महिना लागेसंगै अत्याधिक जाडो र सितलहर शुरु भएको छ। सितलहरका कारण तराईका अधिकांश भागहरुको जन जिवन प्रभावित बनेको छ। तराईमा सितलहरसंगै बढेको जाडोका कारण बिधार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पारी जनजिवन प्रभावित पारेका कारण गैडहवामा सञ्चालित सामुदायिक,मदरसा र संस्थागत विधालयहरु एक साताका लागि बन्द हुने भएको छ।

गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटद्धारा हस्ताक्षरित सूचनामा शीतलहरका कारण गाउ पालिका भित्र सञ्चालित बिधालयहरुमा अध्ययनरत बिधार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न जाने जस्तो समस्या देखिन आएकाले भोली पुष २० गते देखि पुष २५ गते सम्म जाडो बिदा हुने जानकारी गरइएको छ।यस अवधीमा सम्पुर्ण अभिभावकहरुले आफ्ना नानी बावुहरुलाई घरभित्र सुरक्षित रुपमा न्यानो कपडा आढाएर राख्न अध्यक्ष केवटले अभिभावकहरुलाई आग्रह गर्नु भएको छ। देशभर शीतलहर चलिरहेको र शीतलहरका कारण नानीबावुहरुको स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकोले अत्यावस्यक काममा बाहेक घर बाहिर नजान समेत अध्यक्ष केवटले गैडहवावासीहरुलाई आग्रह गर्नु भएको छ।