पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबारको मूलगेटअगाडि अवस्था आफ्ना पुर्वज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने भएका छन्।३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा ज्ञानेन्द्र मंगलबार मध्यान्ह साढे १२ बजे सिंहदरबार अगाडि जाने भएका हुन्।
तर संवाद सचिव फणिराज पाठकले जारी गरेको सूचनामा शाहलाई राजाकै रुपमा उल्लेख गरिएको छ।श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन मंगलबार १२.३० बजे सिंहदरबारको मूलगेटअगाडि रहेको श्री ५ महाराजाधिराज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सवारी होइबक्सने कार्यक्रम रहेको छु, पाठकले जारी गरेको सूचनामा भनिएको छ।
मंगलबारै राप्रपाले रत्नपार्कको शान्ति बाटिकामा पृथ्वी जयन्तीका अवसरमा कार्यक्रम गर्ने भएको छ।राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले पृथ्वी जयन्तीका अवसरमा मंगलबार सार्वजनिक बिदा दिन माग गरेका छन्। तर अहिलेसम्म सरकारले यसबारे कुनै निर्णय गरेको छैन।












