आज सुनको भाउ तीन सयले बढ्यो

प्रकाशित मिति:

काठमाडौँ – साताको तेस्रो दिन आज ९मंगलबार० नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

आज तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर एक हजार २३० रुपैयाँ कायम भएको छ ।