काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ ।विमानस्थल कार्यालयले तत्कालका लागि भिजिटर पास वितरण बन्द गरेको छ । अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै बिदाइ र स्वागतका लागि विमानस्थल नआउन समेत सर्वसाधारणमा अनुरोध गरेको छ ।
कार्यालयले हवाई यात्राका दौरान समेत आवश्यक मापदण्ड पालना गर्न सरोकारवालालाई आग्रह गरेको छ ।











