कपिलवस्तु । कपिलवस्तुमा सवारीको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा सवारी साधनको ठक्करबाट १ जनाको मृत्यु भएको छ । आवर विज्डम बोर्डिङ स्कुल अगाडि गतराती सवारी साधनको ठक्करबाट भलवाड ९ का प्रज्वल भुसालको मृत्यु भएको हो ।
पिपरामा रहेको काठमाडौ भेली एण्डका संचालक समेत रहेका भुसाललाई सवारी साधनले ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी होटेलबाट डेलिभरिका लागि खाजा नास्ता पुर्याउन जादा सो घटना घटेको हो । ठक्कर दिने सवारी साधन फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।











