आजको राशिफल २०७५ पौष ३ गते

प्रकाशित मिति:

मेष राशिः मीष्ठान्न प्राप्तिका योग देखिन्छन्, मनमा उत्साह छाउनुका साथै कार्यमा पनि सफलता मिल्ने देखिन्छ । वृष राशिः स्वास्थ्यमा अस्थिरता रहनेछ, शारीरिक आलश्यताले कार्यमा बाधा व्यवधान आउन सक्ने देखिन्छ । मिथुन राशिः व्यवसायमा सफलता मिल्नेछ, अध्ययनको क्षेत्र मध्यम देखिन्छ भने कृषि क्षेत्रमा सफलता हात पर्नेछ । कर्कट राशिः मित्र सहयोग प्राप्त हुनेछ, आर्थिक उन्नतिका साथै धार्मिक कार्यमा रुचि जाग्ने देखिन्छ । सिंह राशिः भौतिक क्षेत्र लाभदायी रहनेछ, कार्य गर्ने उत्साह छाउनुका साथै सामाजिक मान प्रतिष्ठा प्राप्तिको योग पनि देखिन्छ । कन्या राशिः शत्रु पक्ष सबल देखिन्छन्, बोलिमा विकार रहनुका साथै कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । तुला राशिः प्रिय लाभ हुनेछ, आय आर्जनका योग देखिन्छन्, रमाइलो भेटघाटले दिनलाई उल्लासमय बनाउनेछ ।वृश्चिक राशिः चिसो पदार्थ हानिकानरक रहनेछन्, मित्र लाभका साथै व्यवसायमा उन्नति हुने देखिन्छ ।धनु राशिः व्यापारमा वृद्धि हुनेछ, सज्जनको सहयोगले कार्यमा उन्नति हुने योग देखिन्छ ।मकर राशिः कार्यमा केही कठिनाइ भोग्नुपर्नेछ, आर्थिक अस्थिरताका साथै स्वास्थ्यमा पनि समस्या रहनसक्ने देखिन्छ । कुम्भ राशिः आय आर्जनमा वृद्धि हुनेछ, कार्य गर्ने उत्साह मनमा छाउनुका साथै धार्मिक कार्यमा रुचि जाग्ने देखिन्छ । मीन राशिः मित्र लाभ हुनेछ, व्यवसायिक सफलता मिल्नुका साथै मनोरञ्जनका क्षेत्रमा लगाव रहनेछ । उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्