‘नवज्योति बोर्डिङका पुर्व अध्यक्ष ज्ञवालीबाट अनाधिकृत गतिविधि’

प्रकाशित मिति:

बुटवल । रुपन्देहीको तिलोत्तमा–८ चार नम्बरस्थित नवज्योति इङलिस बोर्डिङ स्कूलका पुर्व अध्यक्षले अनधिकृत गतिविधि गरेको भन्दै विद्यालयले आपत्ति जनाएको छ । विद्यालयले सूचना जारी गर्दै त्यस्ता गैरजिम्मेवार कार्यको संस्थाले जिम्मा नलिने समेत स्पष्ट पारेको छ ।

यही पुस १० गते बसेको विद्यालय सञ्चालक समितिको विशेष साधारणसभाले झविन्द्रप्रसाद (जेपी) कंडेललाई अध्यक्ष तथा ऋषिबहादुर भण्डारी र मोहम्मद सफिकलाई सर्वसम्मतरुपमा सञ्चालक समिति सदस्य चयन गरेको थियो । तर त्यसपछि पनि पुर्व अध्यक्ष ज्ञवालीले आफू नै विद्यालयको अध्यक्ष भन्दै इमेल आईडी,सिमकार्ड,फेसबुक र युट्युब परिवर्तन गर्ने लगायतका अनधिकृत क्रियाकलापहरु गरेको भन्दै विद्यालयले त्यस्ता गैरजिम्मेवार कार्यको संस्थाले जिम्मा नलिने स्पष्ट पारेको हो ।

ज्ञवालीले गैरजिम्मेवार कार्य नरोके आवश्यक कानूनी प्रकृयामा जान वाध्य हुने र पत्रकार सम्मेलनमार्फत भण्डाफोर गरिने विद्यालयका प्राचार्य टोपबहादुर केसीले बताए ।