लोकतन्त्रका छिद्रहरु

प्रकाशित मिति:

दिनमणी पंगेनी- लोकतन्त्र कुनै देशले अपनाएको यस्तो शासन व्यवस्था हो जसमा जनताहरु सम्प्रभु(चुन्ने र चुनिने) अधिकार सम्पन्न हुन्छन् । जहा जनताबाट चुनेकाहरुले शासन व्यवस्था चलाउने गर्दछन । स्वतन्त्रता, समानता र समावेशिता लोकतन्त्रका अभिन्न अंग हुन् । लोकतन्त्र विश्वमा सबैभन्दा राम्रो शासन व्यवस्था मानिएको छ । लोकतन्त्र भन्दा अर्को राम्रो व्यवस्था नभएर नै यो उत्तम व्यवस्था भएको हुन सक्छ । जति राम्रो भनेपनि लोकतन्त्रका केही नकरात्मक पक्ष या लोकतन्त्रका छिद« (प्वाल) हुन सक्छन् । जुन छिद«को प्रयोग गरी लोकतन्त्रमा निरंकुशता, सामन्तवाद, अतिवाद आदि अवगुण मार्फत लोकतन्त्रलाई नै धरापमा पार्न सक्दछन । यीनै छिद«को बारेमा आज व्याख्या गर्दैछौं ।

लोकतन्त्रमा जाति, धर्म, संस्कृति, भौगोलिकता बारेमा चरम दक्षिणपन्थि, अतिवादी नारा बोकी बहुमत जनताबाट बहुमत प्राप्त गरी सत्तामा पुग्न सकिने सम्भावना रहन्छ । फलतः त्यस्ता दक्षिणपन्थि, सर्वसत्तावादी, अधिनायकवादी, अतिवादीहरुको हातमा सत्ता पुग्दछ । जस्तो की मधेशी राष्ट्रवाद, पहाडीया राष्ट्रवाद, हिन्दु राष्ट्रवाद, मुस्लिम राष्ट्रवाद जस्ता उग्रराष्ट्रवादी विषयका उठानबाट जहा“ जसको बहुमत छ त्यहांबाट जीत हासिल गरी अतिवादीहरु शक्तामा पुग्दछन् । यस्ता जातिय, धार्मिक र सांस्कृतिक अतिवादी ध्रुवीकरणले लोकतन्त्रका मान्यतालाई कुल्चिन सक्छ । अनि यस्ता अतिवादी र निरंकूश निर्वाचित शासकबाट लोकतन्त्रको चिरहरण हुन कत्ति बेर लाग्दैन । यस्ता तानाशाही विचार भएका ब्यतिहरु लोकतन्त्रमा संगठित भई सक्तामा पुग्न सक्छन। जनतालाइ गुमराहमा पारी लोकतन्त्र कै बिरुद्धमा उभ्याउन सक्छन। कतै यस्ता तानाशाही बिचार सत्तामा गएमा त्यस्ता बिचारको विरोध गर्न वैधानिक रुपमा असम्भव हुन्छ। यस्तो अलोकतान्त्रिक परिपाटिमा जनताको आत्मनिर्णयको अधिकार र राजनितिक समानता जनतामा रहदैन । निरंकुश शासक हटाएर वैकल्पिक शासन दिने स्वभाविक तयारी पनि सम्भव न हुन सक्छ। बिभिन्न मौलिक हक नदिइने या बन्देज गरिने हुनाले सत्तासंग सम्बन्धित मालिक र अन्य दास जस्ता हुन पुग्दछन । एक विद्वान राजनितिज्ञले बुझ्नु पर्ने कुरा यो हो की तानासाही राजनेता सत्तामा हुदासम्म जनताबाट बहुतै पुजिन्छन । सत्तामा हुदा शक्ति हुन्छ, जब सत्ताबाट बहिरिन्छन तिनिहरुलाई जनताले घृणा गर्दछन। किनकी लोकतन्त्रमा जनता झुक्किन सक्छन्, तर यो क्षणिक हुन सक्छ, जनता सधै अवश्य झुक्किदैनन । यसको रक्षा गर्नको लागि नागरिकहरु संगठित भई राजनैनिक दल कै माध्यमबाट लगाम लगाउनु पर्छ ।
लोकतन्त्रमा जनताको चाहना, इच्छा, एजेण्डाको प्रतिनिधित्व त्यहा“को जनप्रतिनिधिले गरेको हुन्छ । उक्त जनप्रतिनिधिले जनताको जनचाहना अनुरुपको कार्य गर्न जनमत प्राप्त गरेको हुन्छ । यस्ता जनताको प्रतिनिधित्व गर्न जनमत प्राप्त जनप्रतिनिधिलाई पार्टीले ह्विप जारी गरेर आफ्ना जनताको जनमत तथा जनभावना विपरित हिड्नुपर्ने तथा जनभावना विपरित कार्य गर्नुपर्ने बनाउनु निरंकुशता होइन र ? जनताको प्रतिनिधिलाई स्वतन्त्र रुपमा जनादेश अनुसार आफ्नो भावना व्यक्त गर्न वा जनमत दिन रोक लगाउने यो ह्विप पनि लोकतन्त्रको अर्को छिद« हो । जुन छिद«बाट नागरिकका बलिया विचारहरुले कहिलेकाहि“ चुनौतिको सामना गर्नु परेको हुन्छ ।

राजकाज चलाउन कुनै अति आवश्यक कानुन भएमा वा काम नै रोकिने भएमा मात्र अध्यादेश जारी गरिन्छ । अनावश्यक अध्यादेशकै भरमा संसद भंग गरी देश निरन्तर चलाउन खोज्नु गैरलोकतान्त्रिक चरित्र हो । लोकतन्त्रकै हतियार प्रयोग गरि सर्वसत्तावादी अधिनायकवादी शासक खडा हुन सक्ने यो बाटो पनि त लोकतन्त्रको छिद« हो । जुन छिद«बाट शासक गैरलोकतान्त्रिक, जवाफहिनता, अनउत्तरदायी, उदण्ड र असंयम सरकार सहेर बस्नु पर्ने परिस्थिति प्राप्तहुन सक्ने, सम्भावनालाई नकार्न सकिदैन । यथार्तमा चुनाव जितिसकेपछि नेतृत्वपंक्ति उदण्ड, छाडा सांढे बन्न पाइने प्रणाली लोकतन्त्र हु“दै होइन । अनि लोकतन्त्र उग्रवादमा आधारित पनि हुदैन, तर पनि लोकतन्त्रबाट ब्यतिmगत उग्रवाद( शासक उग्र हुने अधिकार) प्राप्त हुन हुन्छ । जसले एक तानाशाहको जन्म दिन्छ ।लोकतन्त्रमा दलिय व्यवस्था हुन्छ । लोकतन्त्रको अभ्यास प्रथमतः दलभित्र नै गरिन्छ । दलमा अधिवेशनबाट नेता चुनिन्छ । चुनाव भए नजित्ने तर पद आफैलाई चाहिनेले सर्वसम्मतको रट लगाएको देखिन्छ । सही व्यक्ति छानिनु पर्नेमा आफु हार्ने डरले प्यानलको बलमा जीत हासिल गर्न चरम गुटबन्दी गरेको देखिन्छ । तर वास्तवमा जिते पद हारे कार्यकर्ता स्विकार गर्ने प्रणाली लोकतन्त्र हो । लोकतन्त्र भनेको जिम्मेवारीको बोध र अनुशासन सहितको अभ्यास हो । अधिवेशन गर्दा सर्वसम्मत गर्नु राम्रो त हो, तर एउटा सर्वसम्मत हुन्छ सबैको खुशीले स्वत–स्फूर्त प्रतिस्पर्धी विहिन भई हुने सर्व–सम्मत अर्को, भित्रभित्रै गरिने आलोपालो, लेनदेन, मिलिमोतो, दबाब, मनोवैज्ञानिक त्रासद, केन्द्रियताको डण्डा, धाकधम्की प्रयोग गरी हुने टिके सर्वसम्मत । यस्तो टिके सर्वसम्मत कुनै हालतमा लोकतान्त्रिक प्रणाली हुन सक्दैन । यसले कार्यकर्ताको सम्प्रभू (चुन्ने र चुनिने अधिकार) लाई मारेको हुन्छ । सर्वसम्मतका नाममा भएका खुराफातले कार्यकर्ताको मनोबल त गिर्छ नै नेताको नैतिक मनोबल पनि अवश्य कमजोर हुन्छ । यो टिके सर्वसम्मतले लोकतान्त्रिक अभ्यासको गला निमोठेको हुन्छ । गलत अभ्यासले (लोकतन्त्रको छिद« प्रयोग गरी) गलत व्यक्ति शक्तामा पुग्दछ । यसैले लोकतान्त्रिक दलले निर्वाध निर्वाचनको ढोका खुल्ला राख्नु पर्दछ । यसका लागि आत्म इमान्दारिता चाहिन्छ । आत्मइमान्दारिताले नै लोकतन्त्र सफल हुने हो । आत्मइमान्दारीता बिना लोकतन्त्रमा जाली जस्तै हजारौं छिद« पर्दछन जसबाट लोकतन्त्र नै असफल व्यवस्था जस्तो देखिन सक्छ । लोकतन्त्रमा रहि गलत गर्नाले लोकतन्त्र नै नराम्रो देखिन्छ तर लोकतन्त्र आफैमा नराम्रो होइन । लोकतन्त्रमा आत्मइमान्दारीता नभए असफल जस्तो देखिन्छ तर लोकतन्त्र आफैमा असफल प्रणली होइन ।

एउटै अनुहार, एकै व्यक्ति ४० औं बर्ष, बा“चुञ्जेल एकछत्ते नेतृत्वमा रहनु साथै उनैका परिवार (एकै परिवारका भए पनि योगदान भएका बाहेक) भित्र नै नेतृत्व हस्तान्तरण हुनु नया“ प्रकारको नव सामन्तवाद देखा परेको छ । । मन्त्रीकै श्रीमति समानुपातिक सांसद, आफ्नै एकाघरका परिवारजन मात्र उच्च पदस्थ र नेतृत्वमा हावी हुनुले सा“च्चिकै नव सामन्तवाद देखाएको छ । लोकतन्त्रले एउटै व्यक्ति सधै नेतृत्वमा रहनुको व्याख्या गर्दैन । लोकतन्त्रिक परिपाटीमा सत्ताधारीले गरेको गल्तिको विरोध गर्नु या गर्न पाउनु जनताको अधिकार हो । तथापि कहिलेकाहि“ यति असहजता आईपर्छ की नेतृत्वमा जो पुगेपनि जे जस्तो कार्य गरेपनि उनिहरुको भजन गाउनुपर्ने, फरक विचार र मत राख्दा आ“खाको तारो हुनुपर्ने । यसरी फरक विचार रख्दा जनतालाई जनता प्रयोग गरेर जीवन असहज बनाइदिने सम्मको क्रियाकलाप हुन सक्दछन् । यसरी विचार र मत व्यक्त गर्न नपाउनु भनेको त वाक स्वतन्त्रताको घाटी कस्नु हो । वाक स्वतन्त्रता लोकतन्त्रको प्राण हो ।हामी लोकतन्त्रसंग विकास साट्न सक्दैनौं । विकाश निरंकूश शासकबाट पनि हुन सक्दछ । विकाश लोकतन्त्रको प्रर्यावाची होइन, न त विकल्प नै हो । विकाश हुन लोकतन्त्र चाहिने होइन, निरंकूश तानाशाही शासकबाट पनि राम्रै विकास भएको प्रशस्तै उदाहरणहरु छन् । लोकतन्त्र त जीवन हो । सहजता पूर्वक, सूख पूर्वक, स्वतन्त्र पूर्वक, समानता पूर्वक, सहभागिता, सहअस्तित्व पूर्वक, शान्ति पूर्वक जीवन जीउने पद्धति हो । लोकतन्त्र बिना जनताका मौलिक हक, मानव अधिकार, स्वतन्त्रता सबै मर्छ र निरर्थक हुन्छ, फलतः जीवन अति कष्टपूर्ण अवश्य बन्छ । यसैले नेपाली कांग्रेस लोकतन्त्रको खातिर पहिलो झण्डा उठायो । कम्युनिष्ट पार्टी पनि ज.ब.ज. (जनताको बहुदलिय जनवाद) को माध्यमबाट लोकतान्त्रिकरण भए, माओवादी पनि सं–सस्त्र द्वन्दबाट बृहत शान्ति सम्झौता मार्फत लोकतन्त्रलाई आत्मसाथ गर्दै लोकतान्त्रिकरण भयो । यसरी सबैलाइ लोकतन्त्रको बाटोमा हिडायो, कांग्रेसले सबैभन्दा ठूलो काम ग¥यो, लोकतन्त्र ल्यायो ।
(सभ्य शुझावको अपेक्ष्या गर्दर्छौ)