सैनामैना दलित उत्थान समितिमा नयाँ नेतृत्व,अध्यक्षमा अम्बिका र महासचिबमा केशवराज

प्रकाशित मिति:

सुरेश परियार,माघ ५गते- सैनामैना दलित उत्थान समितिमा नयाँ नेतत्व भएको छ । समितिको प्रथम साधारण सभा तथा अधिबेशनले अम्बिका परियारको अध्यक्षतामा २९ कार्यसमिति सर्बसम्मत चयन गरेको हो । गत पुष २८ गते पदाधिकारीका केही पदमा सहमति नमिल्दा माघ ५ गते अधिबेशन डाकिएको थियो ।

आज भएको अधिबशनले नवसमितिको उपाध्यक्षमा जयलाल वि.क,महिला उपाध्यक्षमा अस्मीता सुनार,महासचिबमा केशवराज विश्वकर्मा,सचिबमा समुन्द्र नेपाली,कोषाध्यक्षमा माया जोशी र सदस्यहरुमा गंगा वि.क,रमा परियार,कृष्ण परियार,सुर्य परियार,कमला सुनार,कुल बहादुर वि.क,लक्ष्मी विश्वकर्मा,चन्दा सुनार,विजय गजमेर,सिता गौतम,मनिषा विश्वकर्मा,रिजन गहतराज,बालकृष्ण परियार,नारायण परियार,रिम बहादुर वि.क,दर्जि,आशा सुनार,राम बहादुर वि.क,देवि वि.क,विर बहादुर विश्वकर्मा,जुना सुनार,लक्ष्मी बस्याल रहेका छन् ।

कार्यक्रममा सस्थापक अध्यक्ष सुरज बराल,नवनिर्वाचित अध्यक्ष अम्बिका परियार,सल्लाहकार रामनाथ हरिजन,तिलक नेपाली,यम बहादुर प्रतेल,सन्तोष परियार लगायतले शुभकामना मन्तब्य राखेका थिए ।