७ माघ, कञ्चन- रुपन्देहीको गैडहवा गाउपालिकामा जारी पालिका स्तरिय पुरुष भलिवल प्रतियोगितामा डांफे मुनाल युवा क्लव प्रथम भएको छ। सूर्यपुरा साथी सञ्जालको आयोजना तथा गैडहवा गाउपालिकाको सहयोगमा सञ्चालित पालिका स्तरिय प्रतियोगितामा गैडहवा गाउपालिकाका १८ भलिवल टिमहरुले सहभागिता जनाएका थिए।यस्तै पतियोगितामा हसनापुर युवा क्लव द्वितिय भएको भने ऐचावल ए तितृय भएको आयोजक सूर्यपुरा साथी सञ्जालका अध्यक्ष द्वारिका हरिजनले जानकारी दिनु भयो । पतियोगितामा पथम भएको डांफे मुनाल युवा क्लवले नगद २० हजार रुपैया सहित जर्सी, मेडल र पमाण पत्र पाप्त गर्न सफल भएको छ भने द्वितिय भएको हसनापुर युवा क्लवले नगद १५ हजार रुपैया सहित जर्सी, मेडल र पमाण पत्रमा चित्त बुझाउन बाध्य भएको छ। यसैगरी पतियोगितामा तितृय हुने ऐचावल ए ले नगद ८ हजार रुपैया सहित जर्सी र प्रमाण पत्र पाप्त गरेको सञ्जालका अध्यक्ष हरिजनले जानकारी दिनु भयो ।
पतिोगितामा विजेता तथा उपविजेता भलिवल टिमहरुलाई गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले पुरस्कार पदान गर्नु भएको थियो । पुरस्कार वितरण कार्यक्रममा गैडहवा गाउपालिका वडा नं. २ का वडा अध्यक्ष तुल बहादुर पुन, वडा नं. ५ का वडा अध्यक्ष श्री कृष्णशंकर पसाल गुप्ता, वडा नं. ६ का वडा अध्यक्ष राम बेलास यादव, वडा नं. ८ का वडा अध्यक्ष भुवन बहादुर राना लगायतको सहभागिता रहेको थियो । गैडहवा गाउपालिका वडा नं.३ स्थित मंगलपुरमा रहेको प्रतियोगिता गैडहवाका धुपही , सिर्जनशिल, जोगडा, गैडाताल , ऐचावल , हसनापुर, पिपरहवा, सूर्यपुरा मा.बि., डाफे मुनाल , सूर्यपुरा युनिक रोयल,विशवरिया, भलिवल पटेल समूह र आयोजक गरी १८ टिमले सहभागिता जनाएका थिए।
सूर्यपुरा साथी सञ्जालका अध्यक्ष दवारिका हरिजनको अध्यक्षतामा सञचालन भएको पुरस्कार वितरण कार्यक्रम सरिता हरिजनले सञ्चालन गर्नु भएको थियो। पतियोगिता सञ्चालन गर्नमा सहयोग गर्ने गैडहवा गाउपालिका र पालिकाका समपुर्ण जनपतिनीधि, साथी सञ्जालका टिम स्थानिय समुदाय, गैडहवाका भलिवल टिमहरु, निर्णायक, बिधालय लगायतलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो । प्रतियोगिता गत माघ ३ गते देखि शुरु भएको थियो ।











