बिहीवारकाे माैसम : देशभर आंशिक बदली रही हिमाली र केही उच्च पहाडी भेगमा हिमपात हुने

प्रकाशित मिति:

काठमाडौं । बिहीवार प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको महाशाखाको भनाइ छ।देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात हुने पनि संभावना रहेको महाशाखाले जनाएको छ।

प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ। प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको समेत संभावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात हुनेछ ।