नेपालमा १८ वर्षमाथिका ७० प्रतिशतले लगाए कोरोनाको पूर्ण खोप

प्रकाशित मिति:

२० माघ, काठमाडौं । नेपालमा १८ वर्षमाथिका ७० प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार लक्षित जनसंख्या ९१८ वर्षभन्दा माथि उमेर समूह० को ७०।७ प्रतिशत नागरिकले खोपको पूर्ण मात्रा लगाएका हुन् ।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नेपालले ट्वीटरमार्फत नेपाललाई ७० प्रतिशत वयस्क जनसंख्यालाई पूर्ण खोप लगाउन सफल भएकोमा बधाई समेत दिएको छ । डब्ल्यूएचओ नेपालले यसलाई नेपाल तथा सहयोगी निकायको ठूलो सफलता समेत भनेको छ ।

१८ वर्षमाथिका ८६.९ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाएको मन्त्रालयएको तथ्यांकमा उल्लेख छ । सरकारले चैत मसान्तसम्मा १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने लक्ष्य राखेको छ ।