बैदेशिक रोजगारीको नाममा हुने ठगि र पिडित माथि भएको दुब्र्यवहार प्रति आप्रवासी परिवार हकहति मञ्चको ध्यानाकर्षण
बैदेशिक रोजगारीको नाममा ठगि गरि युवाहरुलाई भिजिट भिसामा पठाइ अलपत्र पारेको विषयलाई लिएर पिडितहरुले गुनासो गर्न गंगबु स्थित ट्रिपल स्टार ईप्लोइमेण्ट प्रालिमा जादा मेनपावर सञ्चालनको सलंग्नतामा पिडित माथि निर्घात कुटपिट गरिएको भिडियो सार्वजनिक भए लगत्तै दोषीहरुलाई कडा कार्यवाहीको माग गर्दै आप्रवासी परिवार हकहति मञ्च नवलपरासी बर्दघाट सुस्ता पश्चिमले शुक्रबार प्रेस विज्ञप्ती जारी गरेको छ ।
मञ्चका जिल्ला अध्यक्ष रामु भुसाल द्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा ब्यवसायिक रुपमा सरकारले तोकेको भन्दा बढी सेवा शुल्क लिने, गैर कानुनी रुपमा भिजिट भिसामा पठाउने लगाएतका विषयहरु बहिर आइरहेको सन्दर्भमा त्यस विषयमा सुचना लिन सम्बन्धित मेनपावरमा जादा पिडितहरुलाई मेनपावर सञ्चालक लगाएत बाट गरिएको दब्र्यवहार निन्दनिय र आपत्तिजनक रहेको विज्ञप्तीमा उल्लेख छ । कानुनी रुपले समस्या समाधान गर्न सक्ने विकल्प हुदा हुदै पिडितमाथि नै निर्घात कुटपिट र दुब्र्यवहार उत्रिनुले कानुनीको उपहास गरेको र बैदेशिक रोजगारका क्रममा पिडित भई आउनेलाई गुनासो नगर्नका लागी तर्साउने कार्य समेत भएकोमा आपत्ति जनाउदै कानुनले कसैले कसैलाई कुटपिट गर्न पुर्ण रुपमा निषेध गरेको हुदा कुटपिट गरेमा मुलुकी फौजदारी अपराध सहिताको २०७४ को दफा १९१ बमोजिम हदै सम्मको कैद र जरिवाना गर्न समेत प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै पिडितलाई क्षतिपुर्ती, घाइतेहरुको निशुल्क उपचार गर्न र दोषीलाई तत्काल पक्राउ गरि कडा कार्यवाही गर्न समेत विज्ञप्ती मार्फत मञ्चले नेपाल सरकार संग जोडदार माग समेत गरेको छ ।











