राप्रपाले कमल थापालाई भन्यो- पार्टीबाट अलग हुने निर्णय पुनर्विचार गर्नू

प्रकाशित मिति:

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वअध्यक्ष कमल थापालाई पार्टीबाट अलग हुने निर्णय पुनर्विचार गर्न अनुरोध गरेको छ।काठमाडौंको केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पदाधिकारीको बैठक बसेको थियो।

सो बैठकले थापाको निर्णय अनपेक्षित तथा अप्रत्यासित भएको बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।‘राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रूपमा उदय र विकास भइरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रूपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनि गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ,‘पार्टीबाट अलग हुने उहाँको निणर्यमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ।’

यस्तै, पार्टीले सबै तहका नेता, कार्यकर्ताहरूलाई स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न आग्रह गरेको छ।