पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनेरास्ववियु रुपन्देहीले बुटवलमा प्रदर्शन

प्रकाशित मिति:

मधुसूदन नेपाल /बुटवल माघ २५ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र शान्तिपूर्ण आन्दोलनमा प्रशासनले गरेको दमनका विरुद्धमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु रुपन्देहीले मंगलबार बुटवलमा प्रदर्शन गरेको छ।

आफुहरुको शान्तिपूर्ण आन्दोलनको क्रममा प्रहरीले हस्तक्षेप गरेको र त्यसैको विरोधमा पनि मंगलबार प्रदर्शन गरिएको हो ।सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडी प्रदर्शन गर्दा सुरक्षाकर्मीसंगको झडपमा पांचजना विद्यार्थी घाईते भएका थिए। अनेरास्ववियूले पछिल्ला केहिदिन यता पेट्रोलियम पदार्थमा भएकोे मूल्यवृद्धि फिर्ता र स्थानीय तहको निर्वाचनको माग राख्दै आन्दोलन गर्दै आएको छ।तर सरकारले सोमबार मात्रै आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपनि पेट्रोलियम पदार्थमा भएकोे मूल्यवृद्धि फिर्ताको माग र प्रशासनको दमनको विरुद्ध मंगलबार प्रदर्शन गरेको हो।

दिउसो बुटवल बहुमुखी क्याम्पस परिसरबाट निस्किएको विद्यार्थीहरुको जुलुस ट्राफिकचोकमा पुगेर कोणसभा पछि समापन गरिएको थियो। कोणसभामा केन्द्रिय उपाध्यक्ष पाण्डे र रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले लगायतले सम्बोधन गरेका थिए।