गैडाताल जटायु रेष्टुरेण्टद्वारा डिभिजन वन कार्यालयलाई दुई गिद्ध हस्तान्तरण

प्रकाशित मिति:

२५ माघ, कञ्चनरजगिलाल थापा- नेपाल पंन्छी संरक्षण संघ, जटायू रेष्टुरेण्ट संचालन समिति र गैडहवा सामुदायिक वन उपभोक्ता समिति रुपन्देहीले डिभिजन वन कार्यालय भैरहवा रुपन्देहीलाई संरक्षणका लागि सोमवार दुईवटा प्रदान गरेको छ। गैडाताल सामुदायिक वनमा अवस्थित जटायू रेष्टुरेण्ट (गिद्ध सुरक्षित आहारा केन्द्र) को क्षेत्रमा विरामी तथा घाईते अवस्थामा फेला परेका हिमाली प्रजाति दुईवटा गिद्धहरुको थप उपचार तथा संरक्षणका लागि सोमवार गैडाताल रुपन्देहीमा एक कार्यक्रमका विच हस्तान्तर गरिएको हो ।हस्तान्तरित दुई हिमाली प्रजाति गिद्धहरु मध्य एउटा गिद्ध माघ ७ गते र दोश्रो गिद्ध गत माघ १९ गतेका दिन गिद्ध अजलोकनको क्रममा नेपाल पंन्छी संरक्षण संघका परियोजना अधिकृत श्री भूपाल नेपाली, श्री दिलिप चन्द ठकुरी, जिव विज्ञ तथा जटायू रेष्टुरेण्ट संचालन समिति गैडातालका संयोजक डम्बर बहादुर क्षेत्रीले गैडाताल सामुदायिक वनमा संचालित जटायू रेष्टुरेण्ट ९गिद्ध सुरक्षित आहारा केन्द्र० क्षेत्रमा बिरामी तथा घाईते अवस्थामा फेला परेका थिए।

नेपाल पंन्छी संरक्षण संघ काठमाण्डौंका गिद्ध संरक्षण कार्यक्रम ब्यवस्थापक श्री अंकित विलाश जोशी र भेटेरीनरी चिकित्सकहरुको सल्लाह तथा परामर्शमा घाइते गिद्धहरुलाई जटायू रेष्टरेण्ट संचालन समिति गैडाताल रुपन्देहीले समितिको सूचना केन्द्रमा दैनिक उपचार, रेखदेख तथा खाना खुवाई संरक्षण गरिदै आएको थियो । घाइते गिद्धहरुको उपचार तथा स्याहारका लागि जटायू रेष्टरेण्ट संचालन समिति गैडाताल रुपन्देहीका संयोजक श्री डम्बर बहादुर क्षेत्री, गैडाताल सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, स्थानिय, भेटेरीनरी विज्ञ र नेपाल पंन्छी संक्षण संघले मुख्य भूमिका रहेको थियो ।प्रकृतिका कूचीकारका नामले चिनिने गिद्धले वातावारण सफा गर्ने, विभिन्न महामारी रोग लाग्नबाट बचाँउने, पारिस्थितिकिय प्रणाली र खाद्यश्रृखला कायम गर्न अहम भूमिका खेल्ले, धार्मिक तथा सांस्कृति महत्व बचाई राख्ने आदी जस्ता मानव जातिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवा दिने पंछी गिद्ध भएकोले यसको संरक्षण गर्न आवश्यक ठानिएकोछ । हाल सम्म विश्वमा तेईस प्रजातिका गिद्धहरु पाईन्छन् । दक्षिण एशियमा नौ प्रजातिका गिद्धहरु पाईन्छन र ति सबै नौ प्रजातिका गिद्धहरु नेपालमा पनि पाईन्छन् । ति नौ प्रजाति गिद्ध मध्ये ६ प्रजातिका गिद्धहरु नेपालकै रैथाने हुन् जसले नेपालमै गुँड बनाई बच्चा कोरल्छन् भने बाँकी तीन प्रजाति हिउँदे आगन्तुक र बटुवाको रुपमा आउने गर्छन् । नौ प्रजातिका गिद्धहरु मध्ये डंगर गिद्ध, सानो खैरो गिद्ध, लामो ठूँडे गिद्ध, सुन गिद्ध अति संकटापन्न र सेतो गिद्ध संकटापन्न अवस्थामा रहेका छन् ।

यो हिमाली प्रजातिको गिद्ध आन्तरीक हिउँदे आगन्तुक पंन्छी हो । यो जाडो समयमा हिमाल तथा पहाडबाट तराई जाडो छल्न आउँदछ । जनावरहरुको सिनो तत्काल खाने भएकोले गिद्धहरुले पारिस्थितिकीय प्रणालीमा अति महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । भारत, नेपाल र पाकिस्तानमा गरिएको विस्तृत अनुसन्धानहरुबाट गिद्धहरुको संख्यामा हस आउनुको मुख्य सम्भवतः एक मात्र कारण नन्–स्टेरोईडल एन्टि–इन्फ्लेमेटरी औषधि (Non-Steroidal Anti-inflammatory drug-NSAID) डाईक्लोफेनेक भएको सिद्ध भैसकेको छ । धेरै प्रकारका दुखाई र सुन्निने अवस्थामा औषधिको रुपमा मानिस र पशु दुवैमा डाईक्लोफेनेक प्रयोग गरिन्छ ।त्यसरी डाईक्लोफेनेक प्रयोग गरी उपचार गरिएका गाईबस्तुहरुको सिनो गिद्धहरुले खाँदा डाईक्लोफेनेकको असरले गर्दा मृगौलाले काम नगर्ने भई मर्दछन् । नेपालमा गिद्ध संरक्षणको लागि नेपाल पंन्छी संरक्षण संघले नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिजिभन वन कार्यालल, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्, सामुदायिक वन, स्थानिय साँझेदार संस्थाहरु र समुदायहरुको समन्वय तथा सहयोगमा विगत दुर्इृ दशक देखि कार्य गरिरहेको छ ।