लुम्बिनी प्रदेशका मुख्यमन्त्री के।सी।द्वारा कञ्चनको गुम्वाको अवलोकन भ्रमण

प्रकाशित मिति:

कञ्चन /लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के।सी।ले रुपन्देहीको कञ्चन गाउपालिकामा रहेको कर्माटसी छुलिङ्ग गुम्वाको अवलोकन भ्रमण गर्नु भएको छ। उक्त भ्रमणमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्य, लुम्बिनी बौद्ध बिश्व विधालय, केन्द्रिय क्याम्पस प्रमुख निर बहादुर गुरुङ्ग, लुम्बिनी विश्व बिधालयका सभासद कपिल लामा,भिक्षु तथा भिक्षुणी लगायतको सहभागिता रहेको थियो ।

गुम्वाको अवलोकन पश्चात गरिएको कार्यक्रममा मुख्यमन्त्री के।सी।ले कञ्चनको पर्यटन प्रबद्र्धनका लागि बृहत्तर लुम्बिनी बिकास क्षेत्रमा समाहित गर्नु पर्ने बताउनु भयो । लुम्बिनी बिकास कोष भित्र लगाइएको घेरा भित्र सिमित नरही लुम्बिनीको ऐतिहासिक पक्षसंग जोडिएका घेराभन्दा बाहिर रहेका बौद्धसंग सम्बन्न्धित क्षेत्र, गुम्वा र पुरातात्विक क्षेत्रहरुलाई समेत लुम्बिनी बिकासको गुरुयोजनामा समावेस गर्नु पर्नेमा मुख्यमन्त्री के।सी।ले जोड दिनु भयो । यस्तै स्थानिय स्तरमा रहेका श्रोत र पुंजीलाई मात्र परिचालन गर्ने तत्परता रहेमा लुम्बिनी प्रदेशकै समग्र बिकास हुने बताउदै बिगत ३ बर्ष नयाँ संरचनामा निर्माण भएको राज्य ब्यबस्था संचालनको अनुभव लिंदा लिदै बितेको मुख्यमन्त्री के।सीले बताउनु भयो । कुनै पनि क्षेत्रको बिकास तयस क्षेत्रमा रहेको सांस्कृतिक पहिचान मौलिकतासंग सम्बन्ध हुने भएकोले स्थानिय मौलिकतासहितको सांस्कृतिक ग्राम निर्माणमा लुम्बिनी प्रदेश सरकार रहेको समेत मुख्य मन्त्री के।सीले बताउनु भयो ।

यसैगरी कार्यक्रमका बिशिष्ट अतिथिको रुपमा रहनु भएका लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले अमेरिकी सहयोगको रुपमा आएको एम।सी।सी। सम्झौताबारे जनतामा अफाह हल्लामात्र फैल्याइएको बताउदै उक्त सम्झौतामा उल्लेख भएका राष्ट्रिय स्वाधिनता र सार्बभौमिकतामा आंच आउने बिषय संशोधन नभएसम्म एम।सी।सी। पास नहुने बताउनु भयो । जातिय र भाषिक मुद्धा समाधान गर्न नसकिए सम्म कुनै पनि क्षेत्र,जाती र भाषा तथा संस्कृतिको संरक्षण र प्रबर्धन नहुने बताउदै उपाध्यक्ष क्षेत्रीले लुम्बिनी प्रदेशले प्रदेश भित्रका बिभिन्न सांस्कृतिक तथा साधरण बिधालयहरुलाई आवस्यक बजेट ब्यबस्थापन गर्दै आएको समेत जानकारी गराउनु भयो ।
लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कञ्चनमा रहेको कर्मटसी छुलिङ्ग गुम्वा र लुम्बिनी बिकास कोषको सम्बन्ध पुरानो भएको उल्लेख गर्दै बृहत्तर लुम्बिनी बिकास क्षेत्रमा कञ्चन लगायत बौद्ध दर्शनसंग सम्बन्ध रहेका बिकास कोष भन्दा बाहिरका क्षेत्रहरु समेत समेटिने बताउनु भयो ।

सदस्य सचिव शाक्यले गुम्वाहरुलाई धर्मको नाममा पुजा पाठमा मात्र बौद्ध दर्शनको रुपमा शैक्षिक कार्यक्रम समेत संचालन गर्नु पर्नेमा जोड दिनु भयो । यसैगरी लुम्बिनी विश्व विधालय, केन्द्रिय क्याम्पसका क्याम्पस प्रमुख निर बहादुर गुरुङ्गले लुम्बिनी बिकास कोषसंगको सहकार्यमा शैक्षिक कार्यक्रम संचालन गर्दै आइरहेको बताउदै बुद्धकालिन समयमा कञ्चन र कञ्चनसंग जोडिएका स्थानहरुको अवस्था कस्तो थियो र बुद्धकालिन समयमा यहाँको बिकास कसरी गएिको थियो भन्ने ऐतिहासिक अध्ययन समेत गर्न आवस्यक रहेको बताउनु भयो ।कार्यक्रममा कञ्चन गाउपालिकाको तर्फबाट वडा नं। ४का वडा अध्यक्ष दुर्गासिंह क्षेत्रीले लुम्बिनी प्रदेशको हरेक योजना निर्माण गर्दा कञ्चनको पर्यटन प्रबद्र्धन गर्न सहयोग पुग्नेगरी योजना बनाउनु पर्ने माग गर्नु भयो । अवलोकन भ्रमणमा आउनु भएको मुख्यमन्त्री कुल प्रसाद के।सी।, प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री लगायतलाई स्वागत गर्दै कर्मटसी छुलिङ्ग गुम्वाका सल्लाहकार रेस बहादुर गुरुङ्गले गुम्वालाई बौद्ध दर्शन पाठशालाको रुपमा बिकास गर्न गुम्वा निर्माण तथा शिक्षक दरबन्दीको माग गर्नु भएको थियो ।गुम्वा ब्यबस्थापन समितिका अध्यक्ष बम बहादुर गरुङ्गको अध्यक्षतामा आयोजित अवलोकन भ्रमण कार्यक्रममा धन बहादुर गुरुङ्गले संचालन गर्नु भएको थियो ।