राममणि बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भोलि हुने
रूपन्देही/रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. प्राप्त संस्था राममणि बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भोलि (बिहीबार) सञ्चालन हुने भएको छ ।नेपाल सरकार लुम्विनी प्रदेशका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री बसिउद्दिन खाँको प्रमुख आतिथ्यमा हुने वार्षिकोत्सव कार्यक्रमको सबै तयारी पूरा भैसकेको क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
वार्षिकोत्सवका अवसरमा गत फाल्गुण ५ गतेदेखि सञ्चालित खेलकुद तथा अतिरिक्त क्रियाकलाप सप्ताहका प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भैसकेको उहाँले जानकारी दिनुभयो ।२०४५ सालमा व्यवस्थापन विषयमा सम्बन्धन लिएर स्थापित भई हाल बहुमुखी क्याम्पसका रूपमा राममणिले कक्षा ११ देखि स्नातकोत्तर तहसम्म विभिन्न ११ वटा कार्यक्रम सञ्चालन गरिरहेको छ ।विहान ११ बजेदेखि सञ्चालन हुने कार्यक्रममा वर्षभरिका शैक्षिक नतीजा एवम् वार्षिकोत्सव सप्ताहका विजयी प्रतियोगीलाई पुरस्कृत गर्ने, क्याम्पसको मुखपत्र दीपिका विमोचन गर्ने लगायतका कार्यक्रम रहेको समेत उहाँले जानकारी दिनुभयो ।










