काठमाडौं/ तालिबानको नेतृत्वमा रहेको अफगान कार्यवाहक सरकारले अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्किन आह्वान गरेको छ । सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारले अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्कन आह्वान गरेका हुन् ।उनले काबुलमा आयोजित अफगानिस्तान राष्ट्रिय निजी क्षेत्र सम्मेलनमा यस्तो आह्वान गरेको तालिबान सरकारले एक विज्ञप्तिमार्फत जनाएको छ ।
लगानीकर्ता र उनीहरूको सम्पत्तिको सुरक्षाको प्रत्याभूति गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ । ‘अन्तर्राष्ट्रिय नाकाबन्दीहरू दिनप्रतिदिन खुकुलो हुँदै गइरहेको छ र उद्योग, व्यापार र लगानीमा थप सुविधा दिने प्रयास भइरहेको छ, आर्थिक अवस्था सुधार्ने प्रयास भइरहेको छ ।’विश्व बैंकको सञ्चालक समितिले गत मंगलबार अफगानिस्तान पुनर्निर्माण ट्रस्ट कोषको १ अर्ब अमेरिकी डलर स्थिर नराख्ने निर्णय गरेको थियो । गत अगस्ट १५, २०२१ मा तालिबानले कब्जा गरेपछि सो रकम फ्रिज गरिएको थियो ।अफगानिस्तानको केन्द्रीय दा अफगानिस्तान बैंक डिएबी ले विश्व बैंकको यो कदमलाई सद्भावनाको रुपमा स्वागत गर्दै विश्व वित्तीय संस्थासँग थप सहकार्यका लागि आह्वान गरेको छ ।– खबरहब












