चुनाव केन्द्रित रणनिति बनाउँदै ‘रुपन्देही कांग्रेस’,सम्भाब्यता अध्ययन गर्न पालिका पस्यो

प्रकाशित मिति:

सुरेश परियार/आगामी स्थानीय तहको चुनावमा कांग्रेसको वर्चश्व कायम गर्न नेपाली कांग्रेस रुपन्देही जिल्ला समितिले विशेष रणनिति बनाउँदै अघि बढेको पाइएको छ ।कांग्रेसको महाधिबेशनबाट नयाँ जिम्मेवारी पाएका नेतृत्वकर्ताहरुले भने आगामी वडा तथा पालिकामा हुने स्थानीय तहको चुनावमा कांग्रेसलाई विजय हाँसिल गराउँन रणनिति बनाउँदै दौडधुप गरिरहेका छन ।

आगामी स्थानीय तहलाई मध्येनजर गर्दै नेपाली कांग्रेस रुपन्देही जिल्ला कार्य समितिले निर्वाचन सम्भाब्यता अध्ययन तथा रणनिति योजना निर्माण समिति गठन गरिसकेको छ ।सो समितिले बुधबार देखि रुपन्देहीका वडा तथा पालिकामा निर्वाचन सम्भाब्यता अध्ययन गर्न सुरु गरेको हो ।

बुधबार रुपन्देहीको सैनामैना र कञ्चन गाउँपालिकामा निर्वाचन सम्भाब्यता अध्ययन तथा रणनिति योजना निर्माण छलफल कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा आगामी स्थानीय तहको चुनावमा कांग्रेसलाई कसरी विजयी बनाउन सकिन्छ?जनमुखी एजेण्डा र उम्मेद्धार कस्तो हुनुपर्छ,कांग्रेस निकट भातृ तथा शुभेच्छुक संस्थाको क्रियाशिलता र भुमिका के ?जस्ता प्रश्नपत्र नै बनाई सोबारे टिपोण नै गरिएको निर्वाचन सम्भाब्यता अध्ययन तथा रणनिति योजना निर्माण समिति संयोजक डा.अनिता शाहले जानकारी दिइन् ।

उनका अनुसार टिपोण गरिएका कुरालाई चैत्र १५ गते भित्र प्रतिवदेन मार्फत सार्वजनिक गरिने र सोको आधारमा भावी चुनावमा कांग्रेस जाने समेत बताइन् ।रुपन्देहीका १६ वटै पालिकामा निर्वाचन सम्भाब्यता अध्ययन गरिने बताउँदै निर्वाचनका लागी तयार हुन पनि आग्रह गरिन ।जनताको दल कांग्रेस पार्टि भएको दावि गर्दै कांग्रेसमय बनाउन कांग्रेस लागि परेको समेत उल्लेख गरिन् ।यस्तै,कार्यक्रममा निर्वाचन सम्भाब्यता अध्ययन समिति सदस्य तथा कांग्रेस पुर्व जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा,युवा नेता विष्णु पोख्रेल,सदस्यहरु सरिता चौधरी,मदन कंटेल,तुल्सीराम ढकाल,रेखा भुषाल,कुल प्रसाद लामिछाने,जिल्ला सदस्य जिवन सेवानी,कांग्रेस सैनामैना नगर संभापति रण बहादुर खनाल,नगर सचिबद्धय कृष्ण कंडेल,अर्जुन पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

सैनामैना वडा न.८को सतचिन्तनमा भएको कार्यक्रममा कांग्रेस क्षेत्र,नेपाली कांग्रेस सैनामैना वडा न.१ देखि ११ सम्मका पदाधिकारि तथा सदस्यहरु,भातृ तथा शुभेच्छुक सस्थाँहरुको उपस्थिति रहेको थियो ।

थप समाचार