सुरेश परियार/लुम्बिनी प्रदेश शिक्षा,विज्ञान,युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले पर्रोहा माध्यमिक विद्यालयको भौतिक निर्माणका लागी रकम दिने घोषणा गरेका छन् । स्कुलको ६३ औँ वार्षिकउत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै मन्त्री खाँले स्कुलको माग र विधार्थीहरुको रजाई अनुसारको मन्टेशरी सञ्चालन तथा गेट निर्माणका लागी यस वर्ष रु.१० लाख दिने घोषणा गरेका हुन् ।
उनले स्कुलको थप पुर्वाधार निर्माण गर्न आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको जनाउदैँ विधार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन विधालयलाई आग्रह गरे । पर्रोहा माध्यमिक विद्यालयको ६३ वार्षिक उत्सव तथा अभिभावक दिवस विधिक कार्यक्रमका साथ सम्पन्न भएको छ ।लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशानलयका निर्देशक मनोज गैरेले देशको विकासको प्रमुख आधार नै शिक्षा भएकाले विधालयको शैक्षिक गुणस्तर गर्न राज्यले लगानी बढाउनुपर्ने बताए । उनले सामुदायिक विद्यालयकको शैक्षिक गुणस्तर सुधार्न गर्न प्रविधिमैत्री सिकाईको विकास गर्न आवश्यक रहेको औँलाए ।
विद्यालयलाई घोकाईको थलो नबनाउ, सिकाईको थलो बनाउ उनलले भने,विधालयलाई विधार्थीमुखी सिकाईको थलो बनाउन सके मात्र सामुदायिक विधालयको शैक्षिक गुणस्तर सुधार हुने दाबी गरे ।निर्देशक गैरेले भने वर्तमान प्रविधिको युगमा परम्परागत शिक्षण विधिलाई परिमार्जन गर्न जरुरी छ, तसर्थ विधालयमा शिक्षक शिक्षक मात्र नभएर शिक्षक सहजकर्ताको रुपमा सिकाई सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
सैनामैना नगरपालिकाका शिक्षा शाखाका गणेश खनालले विधार्थीहरुलाई व्यावहारिक शिक्षा आजको आवश्यकता रहेको बताउँदै प्रविधियुक्त शिक्षामा जोड दिनुपर्ने बताए । उनले नगरपालिकाले भौतिक संरचना सँगै शैक्षिक गुणस्तर सुधारका लागि र सबैको पहुँचमा गुणस्तरिय शिक्षा पुर्याउने उद्देश्यले नगरमा विभिन्न कार्य गरिएको बताए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारीले यस क्षेत्रकै एक नमुना विद्यालय बनाउन विभिन्न योजनाका साथ अघि बढेको बताए ।भौतिक संरचना निर्माण संगै शैक्षिक गुणस्तर वृद्धिका लागी शिक्षक,विद्यार्थी र अभिभावके सबैले अहम भुमिका खेल्नुपर्ने धारणा राख्दै विद्यालयलाई अब्बल शैक्षिक गन्तब्य बनाईने प्रतिवद्धता अध्यक्ष अधिकारीले व्यक्त गरे ।
यस्तै,विधालयका प्राधानाध्यपाक बल बहादुर के.सीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दैै विधार्थीहरुको चाहाना र आवश्यकता अनुसार शिक्षण हुने बताए । के.सीले पठनपाठन मात्र होइन विधार्थीहरुको सर्वाङगिण विकासका लागी अतिरिक्त क्रियालकलाप समेत सञ्चालन गरिदै आएको बताए ।प्रविधिमा आधारित लगानी,प्रक्रिया र उपलब्धि भए मात्र विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने शान्ति माध्यमिक विधालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईले बताएका छन् ।उनले सामुदायिक विधालयको शैक्षिक उन्नयनका लागी विधार्थी,शिक्षक अभिभावकबीच अन्तरसम्बन्ध स्थापित हुनुपर्नेमा जोड दिए ।
सोही अवसरमा विधालयलाई अतुलनीय योग्दान गरेको भन्दै बिद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्षहरु अक्षयकोष दाता,उत्कृष्ट शिक्षक,कर्मचारी, अवकाश प्राप्त शिक्षक,जिम्मेवार अभिभावक,उत्कृष्ट अंक प्राप्त गरि उर्तिर्ण भएका मेधावी विद्यार्थीहरुलाई नगदराशी, दोसल्ला तथा प्रशंसा(पत्रले सम्मान गरिएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा,सैनामैना नगरपालिका वडा न.४ का वडा अध्यक्ष धन बहादुर कार्की,शिक्षक महासंघ सैनामैना अध्यक्ष नारायण प्रसाद भुसाल,नेपाल रेड रक्रस लुम्बिनी प्रदेशका महासचिव लाल प्रसाद पङ्गेनी,नेकपा एकीकृत समाजवादी सैनामैना अध्यक्ष देवराज पौडेल, नेकापा माओवादी सैनामैनाका तेज नारायण सुवेदी लगायतले सामुदायिक विद्यालयले समाजमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृति प्रस्तुति प्रस्तुत गरेका थिए । पर्रोहा माध्यमिक बिध्यालयका शिक्षक धनबहादुर रानाको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।










