कोविडको कारणले अर्थतन्त्र ध्वस्थ भएको अवस्थामा आर्थिक चलयमान गर्न कपिलबस्तुमा महोत्सव !

प्रकाशित मिति:

कमल चौधरी चैत्र १, कपिलबस्तु । कपिलबस्तु महोत्वसले नेपालमा नै आफ्नो छुट्टै पहिचान बनाउँन सफल भएको छ । प्रत्येक बर्ष कपिलबस्तु महोत्सवले नयाँ–नयाँ योजनाका साथ दर्शकहरुलाई थप मनोरान्जन गर्दै उत्कृष्ट रुपले महोत्सव मनाउने गरेको पाईन्छ । जसको कारण प्रत्येक बर्ष लाखौं दर्शकहरुले यस कपिलबस्तु महोत्सवमा आउने गरेको पाईन्छ । यस बर्ष पनि कपिलबस्तु महोत्सवमा  छिमेकी जिल्लाहरु रुपन्देही, अर्घाखाँची, दाङ्ग, पाल्पा, नवलपरासी लगायतका जिल्लाहरुबाट आउने र करिब २ लाख दर्शकहरुले मेलाको अवलोकन गर्ने आयोजकले दावी गरेको छ ।

‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागेको १२ औँ कपिलवस्तु महोत्सव यही चैत्र ३ गते विहिबार देखि १३ गते सम्म बाणगंगा नगरपालिका स्थित बुद्ध रंगशालामा सञ्चालन हुँदैछ । विशेषगरी आफ्नो छुट्टै पहिचान बनाउँनु सफल यस कपिलबस्तु महोत्सव यस बर्ष चैत्र महिनाको ३ गते देखि सुरु हुन लागेको हो । हुन त स्थानिय समुदायहरुको एउटा छुट्टै पर्वको रुपमा नै विकास भएको  यस कपिलबस्तु महोत्सव स्थानिय समुदायसंग प्रत्यक्ष जोडिएको कपिलबस्तु उद्योग बणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताउँनुभयो ।उहाँले घरेलु उद्योगलाई प्रवद्र्धन गर्दै कृषि प्रविधिको विकास गर्न यस महोत्सवले महत्वपूर्ण भुमिका खेलेको भन्दै यसलाई निरन्तरता दिन र कोविडको कारणले अर्थतन्त्र पूर्ण रुपमा ध्वस्थ भएको अवस्थामा पुनः आर्थिक चलयमान गर्न महोत्सव संचालन गर्न लागेको जानकारी दिनुभयो ।

त्यस्तै कपिलबस्तु उद्योग बणिज्य संघका महासचिव मनोज पौडेलले जिल्लामा रहेका ऐतिहासिक, धार्मिक सम्पदा एंव पर्यटकिय स्थलहरुको संरक्षण, संवद्र्धन गर्न महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने बताउँनुभयो ।उहाँले जिल्लामा विभिन्न जात–जाति धर्म संस्कृतिका मनिसहरुको भावनालाई मध्यनजर गर्दै यस बर्ष विभिन्न बुद्ध, शिवको मुर्ति महोत्सवको मुख्य अकार्षकहरु रहेको बताउँनुभयो । उहाले पहिलेका महोत्सवभन्दा अहिलेको महोत्सवमा दर्शकहरुले नयाँपन पाउने भन्दै कपिलबस्तुका ऐतिहासिक सम्पदहरुको अवलोकन गर्नुको साथै दुवईको विश्वकै अग्लो बुर्ज खलिफा टावर, शिवको मूर्ति, हिमाल बुद्धको मूर्ति लगायत कृषिका स्टलहरु महोत्सवभित्र अवलोकन गर्न सक्ने समेत बताउँनुभयो ।

त्यस्तै महोत्सव सचिवल संयोजक गिता देवि पौडेलले कपिलबस्तु महोत्सव सामाजिक तथा संस्कृतिक महत्व बोकेको बताउँनुभयो । उहाँले यस बर्ष पनि कपिलबस्तु महोत्सवमा १० औं कपिलबस्तु डान्स आइडल हुनुको साथै राष्ट्रिय तथा स्थानिय कलकारको विजोड प्रस्तुती रहने भन्दै महोत्सवले अवलोकन गर्न सम्पूर्णलाई अपिल समेत गर्नुभयो ।