देवदह /नेकपा एकिकृत समाजवादी देवदहले आगामी स्थानिय निर्वाचनको तयारी गरेको छ । आज देवदहमा केन्द्रिय सदस्य सिद्धिचरण भटराईको प्रमुख आतिथ्यतामा बसेको तयारी बैठकले गठबन्धन र तालमेलका लागि तीन सदस्यीय वार्ता कमिटी र निर्वाचन घोषणा पत्र तयारी कमिटी निर्माण गरेको छ ।
तालमेलका लागि नारायण लुईटेल, टंक पोखरेल, डिल्लीराम सापकोटा रहेको समिति गठन गरेको छ भने घोषणा पत्र तयारीका लागि छवि भटराईको नेतृत्वमा ७ सदस्यीय घोषणा पत्र तयारी समिती बनाएको छ । यसै गरी आगामी बर्षका लागि विकास योजना छनौटका लागि यम प्रसाद लुईटेलको संयोजकत्वमा वडा अध्यक्षहरु रहेको योजना छनौट समिती बनाएको छ ।बैठकले बाँकी वडाहरुमा तत्काल कमिटी गठन गर्न जिम्मेवारी पनि तोकेको छ । कार्यक्रममा जिल्ला सचिव अविराम बिक, प्रदेश कमिटी सदस्य श्री राम यादव , थानेश्वर भटराई लगायतले मन्तव्य राख्नु भएको थियो ।












