एम्सका विधार्थीलाई रेफ्रेस्मेन्ट तालिम

प्रकाशित मिति:

सुरेश परियार/रुपन्देहीको बुटवलमा रहेको एम्स कलेजका विधार्थीहरुलाई रेफ्रेसमेन्ट तालिम दिइएको छ । एम्स कलेजमा अध्ययनरत विधार्थीहरुलाई जिवनमा आध्यामिक शाक्तिको प्रयोग कला,ध्यान तथा एकाग्रता विधि,मनको उचित ब्यवस्थापन कला लगायतका विषयमा केन्दित भई प्रशिक्षण दिइएको क्याम्पस प्रमुख तथा कार्यक्रम संयोजक दिपक ढकालले जानकारी दिए ।

ग्लोबल पिस,रिट्रीट ढबाहा बुटवलमा भएको तालिमको आज समापन कार्यक्रम एक्स कलेजका प्रबन्ध निर्देशक गोपाल न्यौपानेको अध्यक्षता,डायनामिक ट्रेनर तथा राजयोग ब्रम्हाकुमार ऋषि न्यौपानेको प्रमुख आतिथ्यता तथा ब्रम्हाकुमारी मिना र ब्रम्हाकुमार भरतको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।सोही अवसरमा डायनामिक ट्रेनर तथा राजयोग ब्रम्हाकुमार ऋषि न्यौपानेले योग,ध्यान तथा आध्यात्म बुढेसकालमा नभै बाल्यकाल देखिनै जिवन ज्यूँने कलाको रुपमा प्रयोग गर्नुपर्ने धारणा राख्दै एक भ्रष्टाचारमुक्त सभ्य र शान्त समाजको निर्माण गर्न सवैलाई राजयोग मेडिटेसन सिकेर प्रयोग गर्न आग्रह गरे ।

प्रशिक्षक न्यौपानेले दुईदशक बढि समयदेखि उत्कृष्ठ जिवन ज्यूँने कला तथा गुणस्तरीय जिवन शैलिका विविध आयाममाथि देश विदेशमा तालिमको सहजिकरण गर्दै आएका छन् ।एम्स कलेजका प्रबन्ध निर्देशक गोपाल न्यौपानेले आजको तालिमले सम्पुर्ण जिवनको गुणस्तरीय अनुभुतिका लागी जिवनमा पढाई संगसंगै नैतिक आचारण,योग,ध्यान र आध्यात्मलाई पनि ब्यवहारिक रुपमा प्रयोग गनै सिकाएको र समृद्ध जिवन ज्यूँने कला कोशेढुङगा सावित भएको बताए ।यस्तै,कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख दिपक ढकालले एम्स कलेजले विधार्थीलाई उनीहरुको चौतफिक विकासका लागी किताबी ज्ञान भन्दा ब्यवहारिक ज्ञान,तालिम,सेमिनार जस्ता गतिविधीद्धारा पढाईको गुणस्तर बढाउन प्रतिबद्ध रहेको कुरा औँल्याए ।

कार्यक्रममा प्रशिक्षार्थीहरुको प्रतिनिधित्व गर्दै जयश्री बरालले यो तालिम सम्पुर्ण विधालय तथा कलेजका विधार्थीहरुलाई ध्यान एकाग्रह गर्न,मनको र एमोसनको ब्यवस्थापन गर्न अत्यन्तै जरुरी रहेको बताए ।कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख विकास श्रेष्ठ,क्याम्पसका फ्याकेल्टी प्रमुख,शिक्षक तथा विधार्थीहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख दिपक ढकालले गरेका थिए । तालिम पाए संगै विधार्थीहरु हौँसिएका थिए ।