अब अघोषित राजाहरु बदल्नु पर्छ

प्रकाशित मिति:

प्रदिप कंडेल /म एउटा भुइँमान्छे म बोलेको कस्ले सुन्छ र  मैले लेखेको कस्ले पढ्छ र यसो भनेर फेरि मैले लेख्नै छोड्ने, मैले बोल्नै छोड्ने हो भने अरु मानिस र म मा के फरक भयो र?  त्यसैले बेला बेला कलम चलाउनु मेरो धर्म हो , मेरो कलम ले लेखेका काला अक्षर हरुले समाज को वास्तबिकता बोल्ने गर्छन ।

महङ्गी र कालोबजारीले जनताको ढाडमा बाजा बजाएर ताण्डब नाचेको यो समयमा सरकार कानै नसुने जस्तो गरेर सत्ता र शक्तिको भागबण्डामा ब्यस्त छ । नेपाली कृषकका तरकारी खेतमा कुहिएर गएका छन तर बजारमा तरकारिको भाउ बढेर धरहरा भन्दा अग्लो भएको छ । कृषि गरौ बजार पाउने ग्यारेन्टी छैन, नगरौ अन्य कुनै बाटो छैन । यो मेरो मात्र समस्या होइन हरेक कृषकको समस्या हो ।

समस्या हरेक क्षेत्रमा जस्ताको त्यस्तै छ । लाखौ युवा आफ्नो पारिवारिक सुख सुबिधा र आफ्नो देश छोडेर प्रदेशिन बाध्य छन । आफ्ना ब्यक्तिगत रहरहरुको थुप्रोलाइ आफ्नै हातले दागबत्ती दिएर त्यहि हातमा हरियो पासपोर्ट बोकेर मुग्लान छिरेको युवा आफै लास बनेर आउदा पनि सरकार दृस्टी बिहिन जस्तै गरेर सत्ता र शक्तिकै भागबण्डामा ब्यस्त छ ।

कतै नुन को अभाब कतै कानुन को अभाब । रजतन्त्रको अध्यारो युग बाट उज्यालो युग मा छिरेको हाम्रो देश राजनितिक लडाइले झन अध्यारोतिर धकेलिने त हैन भन्ने प्रस्न बुद्धिजिबिहरुको बिचमा उठ्नु स्वभाबिक नै हो ।

अहिलेको युग शिक्षित ब्यक्ती हरुको युग हो, टेक्नोलोजिको बिकास सङ्गै पुरै विश्व डिजिटल दुनियाँमा छिर्दै छ , बैज्ञानिक हरु पृथ्वीको बिकल्प खोजि रहेका छन , युवा हरु नयाँ नयाँ आविस्कार र अनुसन्धान मा लागेका छन तर हाम्रो समाजका कापी र कलम बोक्ने कलिला युवा हरु खुकुरी बोकेर हिन्छ्न १ युवा क्लब तथा बाल क्लब हुनु पर्ने समाजमा खुकुरी बोक्ने समूह छ । भगवान गौतम बुद्ध जन्मिएको हाम्रो देस जहाँ बाट विश्व ले शान्ती को परिभाषा सिक्छ त्यही देशको नागरिक यस्तो गलत बाटोमा कसरी पुग्यो रु युवामा चेतनाको बिकास गरेर सृजनशिल कार्यमा लगाउनु सरोकारवालाको दायित्व हैन र रु शान्ती प्रक्रियामा गएको यतिका बर्ष भै सक्दा पनि शान्तिको बाटो पछ्याउन नसकेका हाम्रो समाजला युवाहरुलाई कतै राजनितिको पर्दा ले त छोपिएको छैन

राजनितिको धमिलो पोखरीमा डुबेको समृद्धिको डुङ्गा लाइ भस्टचारको साङ्लोले वादेर अराजकताको जहाज उडाउने राजनितिक दलहरुलाइ देश र जनता भन्दा आफु र आफ्नो स्वार्थ बढि छ भन्ने कुरा बताइ रहन नपर्ला हिजो देखि आज सम्मको राजनितिक लडाइले छर्लङ्ग पारिसकेको छ । शिक्षामा राजनीतिक हस्तक्षेप, स्वास्थ्यमा राजनितिक हस्तक्षेप, न्यायलयमा राजनितिक हस्तक्षेप यसरि राजनितिक हस्तक्षेप भएका निकाय हरु लेख्दै जाने हो भने मैले लेख्न र भन्न खोजेको कुरा नअट्ला यति बुझौ कि अब राजनिति हस्तक्षेप हुन बाकि स्थान भनेको सार्वजनिक सौचालय मात्र हुन सार्वजनिक सौचालयको सुबिधा लिन मात्र कुनै राजनितिक दल को आड लिनु पर्दैन । हामी राजनितिको लहरो समातेर समृद्धिको पहरोमा चढि रहेका छौ र त्यो लहरो जति बेला पनि चुडेर देश र जनता मा ठुलो दुर्घटना निम्त्याउन सक्छ भन्ने कुरा हामिले बुझ्न जरुरी छ । अबको लडाइ राजनितिक दल र जनताको लडाइ हो ।राजनीतिक दल र तिनका आफन्त हरुको महल भित्र निसास्सिएर बसेको समृद्धिलाइ आम नागरिकको घर घरमा भित्र्याउनको लागी भए पनी यो पटक को चुनाबमा जनताले आफ्नो बिबेक प्रयोग गर्न जरुरि छ ।

र अन्त्यमा मैले नेपालमा हुर्कदै गरेको गणतन्त्रलाई नजिकबाट नियाल्ने मौका पाएको छु , द्दद्धण् बर्ष देखि जरो गाडेर बसेको राजतन्त्रको जरो उखेलेर गणतन्त्रको बिस्तारा लगाएर बर्सौ देखि निदाएका जनतालाइ आज त्यहि बिस्तारा बिझाउन थालेको छ । यसरी दुइ ध्रुबमा बिभाजित नेपालि समाजमा यो बिस्तारा नै परिवर्तन गर्नु पर्ने त हैन भन्ने प्रस्न उठ्नु स्वभाबिक नै हो , तर बिस्तारा बिझायो भन्दैमा बिस्तारा नै फालेर चिसो भुइमा सुत्न त सकिदैन नि रु अब बिस्तारामा लागेको कसिङ्गर मिल्काउने बेला आएको छ , बिस्ताराले बिझाएको हैन बिस्तारा भित्र कसिङ्गर बोकेर छिरेका राजनितिक दलहरुले बिझाएको हो यो कुरा जनताले बेलैमा नबुझ्ने हो भने देश ठुलो दुर्घटनामा पर्न सक्छ ।

हामीले  हेर्ने ऎना फोहोर भयो भने ऎना सफा गर्ने हो ऎना नै फुटालेर नयाँ ऎना ल्याउने हैन त्यसैले यो ब्यवस्था बदल्नु भन्दा पनि ब्यवस्थामा राज गर्ने अघोषित राजाहरु बदल्नु पर्छ । अब जनताले नेता हैन निति हेर्नु पर्छ समाज बदल्ने ब्यक्तिले हो पार्टिले हैन त्यसैले हामीले झण्डा भन्दा पहिले एजेन्डा हेर्नु पर्छ अनी बल्ल हामिले खोजेको जस्तो समाज बन्छ