कागेश्वरी मनोहरामा कांग्रेस बहुमत तर्फ, पूर्व मेयरकै वडामा अनिलले बाजी मारे

प्रकाशित मिति:

काठमाण्डौं–स्थानीय तह निर्वाचन अन्र्तगत कागेश्वरी मनोहरा नगरपालिकामा विभिन्न वडाको मतगणना सकिदै गर्दा नेपाली कांग्रेसले बहुमत वडा सहित मेयर जित्ने संभावना देखिएको छ । अहिलेसम्म वडानम्वर १, २, ३ , ८ र ९ को मतगणना सम्पन्न भएको छ । वडा नम्वर १ र ३ मा नेकपा एमालेको तर्फका उम्मेदवार विजयी भएका छन् । अहिलेसम्म मतगणना सकिएका २, ८ र ९ मा नेपाली कांग्रेसले बाजी मारेको छ । वडा नम्वर २ मा सुरज खड्का, वडा नम्वर ८ मा हरिभक्त पुडासैनी र वडा नम्वर ९ मा अनिल थापा विजयी भएका छन् । वडा नम्वर ८ र ९ मा नेपाली कांग्रेसले २०४८ साल पछि पहिलो पटक स्थानीय निर्वाचनमा जीत हात पारेको हो ।

कागेश्वरी मनोहरा नगरपालिका अन्र्तगत वडा नम्वर ९ को मतगणना सवैभन्दा बढी चासोको रुपमा रहेको थियो । यस अघिको निर्वाचनमा झण्डै ५ सय मतले पछाडी परेको नेपाली कांग्रेसले यो पटक जीत हात पार्ने दावी गर्दै आएको थियो । मतगणना हुदै गर्दा नेकपा एमालेसँग कडा टक्कर परेको थियो तर अन्तत ६१ भोटले अनिलले बाजी मारे । अनिल थापाले १५०२ मत प्राप्त गरे । नेकपा एमालेक रामहरि गौतमले १४४१ मत प्राप्त गरे ।
पूर्व मेयर कृष्णहरि थापाको वडा समेत भएका कारण अनिले जित्ने विषयमा आशंकाहरु पनि थिए । पूर्व मेयर कृष्णहरि थापा नेकपा समाजवादीको तर्फबाट यो पटक उम्मेदवार बनेका थिए । समाजवादीको तर्फबाट वडा नम्वर ९ मा उठेका परिराम खड्काले ४ सय ४२ मत प्राप्त गरे । हलो चिन्हबाट उठेका दिपक खड्काले १ सय ९५ मत प्राप्त गरे । विभिन्न सामाजिक संघ संस्थामा काम गरेको अन्ुभव भएका कारण स्थानिय माझ अनिल लोकप्रिय थिए ।

विभिन्न ब्यापार र ब्यवसायमा पनि आबद्ध भएका कारण अनिलले स्थानिय स्तरमा त्यती धेरै परिचय दिइराख्नु पर्ने अवस्था थिएन । युवाहरु माझ लोकप्रिय अनिलले खेलकुद, मनोरंजन, लागु औधष विरुद्धको अभियान लगायतमा पनि उनको सक्रियता धेरै थियो । नैतिक शिक्षाको आवश्यकता, साहित्य श्रृजना, गीत संगितमा पनि युवाहरुको भुमिका रहनु पर्छ भनेर उनले लामो समय देखि अभियान नै चलाएका थिए ।

ती कारणहरुले गर्दा पनि उनलाई निर्वाचित हुन थप सहज भयो । चारै जना वडा सदस्य एमालेबाट जित्दा पनि अनिलले राम्रो मतान्तरले जीत हात पारे । उनले आगामी दिनमा सवैलाई समेटेर वडाको विकासका लागी अहम भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जनताका साना भन्दा साना समस्या बुझेर समाधानका लागि यथासक्य पहल गर्ने दावी उनको छ ।